28 May, 2013

बबासिर/Piles को उपचार


   पाईल्स एक प्रचलित विमारी को रुपमा देखा परेको छ। यस रोग मा रक्तश्राव पनि हुन सक्छ। यसको मुख्य कारण कब्जियत हुनु हो। यस लाई अंग्रेजी मा Hemorrhoids भनिन्छ।पाईल्स बिभिन्न कारण ले हुन सक्छ :-

१.      नियमित दिशा गर्ने प्रकृया मा बाधा हुन गएमा।
२.      रेसादार खाना को कमी।
२.      माछा, मासु, रक्सि, चुरोट को  सेवन।
४.      बल पूर्बक मल त्याग गर्ने बानि।
५.      धेरै मसला भएको पिरो, चिल्लो खाना खानु।
६.      राती अबेला सम्म जागा बस्नु।
६.      जङ्क फुड (प्याकिङ्ग गरिएको तयारी खाना) को सेवन।
८.      वंशानुगत कारण आदी ।


उपायहरु :-

१.     धेरै मात्रा मा पानी खानु। दिन मा ४-५ लिटर पानी खानु पर्दछ। पानी ले शरिर को विजातिय पदार्थ बाहिर निकाल्न सहयोग गर्दछ। साथै कब्जियत हुन दिंदैन। पेट सफा राख्दछ। पाईल्स को मुख्य कारण नै कब्जियत हो।
२.    स्वमुत्र ले मलद्वार धुनु। स्वमुत्र लाई एउटा शीशी मा भरेर राखने र दिशा गरी सकेपछी स्वमुत्र ले मलद्वार सफा गर्ने। त्यसपछी पानी ले नधुने।यो उपाय धेरै प्रभावकारी छ।
३.    मौसम अनुसार को हरियो साग-सब्जी एवं फलफुल सेवन गर्नु पर्दछ।
४.    आलस को धुलो (काँचो) दिन मा ५०-६० ग्राम खानु लाभ दायक हुन्छ। आलस मा धेरै मात्रा मा रेसा हुन्छ। साथै बिभिन्न भिटामिन एवं मिनेरलहरु हुन्छन्।यसले पेट सफा राख्दछ। कब्जियत हुन दिदैंन।
५.    दिशा गरिसके पछी कासिसादी तेल कपास मा लगाएर मलद्वार मा राखने। त्यसै गरी राती सुत्ने समय मा पनी लगाउने।
६.    पुजा गर्ने कपूर, मटर को दाना जति पाकेको केरा मा राखेर बिहान खाली पेट मा ३ दिन सम्म खाने। यसले रक्तश्राव लाई ठिक गर्दछ।  
७.    पाकेको केरा लाई ठाडो चिर्ने र त्यसको दुबै भाग मा कत्था को धुलो (अन्दाजी २-३ ग्राम) छर्कने र त्यसलाई बन्द गरेर धागो ले बाँधेर रातभरी खुल्ला स्थान मा राख्ने र बिहान खाली पेट मा खाने। १५ दिन मा पाईल्स ठिक हुन्छ।
८.    एउटा कागती लाई बिच मा काट्ने र दुबै भाग मा कत्था को धुलो (अन्दाजी २-३ ग्राम) छर्कने र त्यसलाई बन्द गरेर धागो ले बाँधेर रातभरी खुल्ला स्थान मा राख्ने र बिहान खाली पेट मा खाने। ४-५ दिन मा राहत प्राप्त हुन्छ।
९.    नरिवल को जटा पोलेर खरानी बनाउने  एउटा बट्टा मा राख्ने। अन्दाजी ग्राम खरानी गिलास मठ्ठा (३ भाग दही र १ भाग पानी) वा दही मा मिलाएर खाली पेट मा खाने। यस्तो खुराक दिन को २ पटक खाने। ३ दिन सम्म प्रयोग गर्नु पर्दछ।
१०. नियमित रुप मा दही वा मठ्ठा सेवन गर्नु लाभ दायक हुन्छ।

११. कालो तिल (काँचो) नियमित रुपमा दैनिक २० ग्राम चपाएर खानु उपयोगी हुन्छ।

1 comment:

  1. please make a copy of blog in HINDI language to.. its very educative but do not have command to understand.
    amit.knp@rediffmail.com

    ReplyDelete

Subscribe Now: google

Add to Google Reader or Homepage