17 March, 2011

नव मास चिकित्सा

आयुर्वेदमा नवमास चिकित्सा को विधि-विधान दिइएको छ। यस चिकित्सा अन्तर्गत गर्भकाल को सुरू देखी प्रसव हुने समय सम्म प्रति-महिना केहि औषधिहरु र आहार पदार्थ को ब्यवस्था गरिएको छ। नवमास चिकित्सा को उद्देश्य, गर्भवति स्त्री तथा बच्चा लाई नौ महिना सम्म कुनै रोगले ग्रस्त गर्न नसकोस र उसको तथा गर्भस्थ बच्चाको स्वास्थ्य राम्रो रहोस, शरिरको सम्पुर्ण विकास होस र गर्भवति स्त्री, प्रसुतिको लागि शारिरिक रुपमा सक्षम रहोस भन्ने हो।
पहिलो महिना- गर्भकालको पहिलो महिना गर्भाधान गरेको दिन देखी नै शुरू हुन्छ। तसर्थ, सोहि दिन देखी नै पहिलो महिना को उपचार सुरु गर्नु पर्दछ। यदि नियमित समयमा मासिक-श्राव नभएमा पहिलो महिना समाप्त भएको मानि दोस्रो महिना को उपचार सुरु गर्नु पर्दछ।१-१ चम्मच नौनि र मिश्रि, ४ दाना जति मरिचको धुलो मिलाएर खाने। त्यसको साथमा २-३ टुक्रा काँचो नरिवल खाने। अन्तमा १-२ चम्मच(५-१० ग्राम) सौंफ खूब चपाएर खाने। यो प्रयोगले बच्चाको शरिर हृष्टपुष्ट हुनु को साथै बच्चा गोरो पनि हुन्छ।
दोस्रो महिना:- दोस्रो महिनामा दूधमा १० ग्राम शतावरि चूर्ण र मिश्री पकाएर विहान-वेलुका खाने।
तेस्रो महिना:- यस महिनामा दूध लाई सेलाएर १ चम्मच घिउ र ३ चम्मच मह मिलाएर विहान-वेलुका खाने। यस महिना देखी 'सोम घृत'(श्री व्यास फार्मास्युटिकल्स, इन्दौर) को सेवन सुरू गर्नु पर्दछ। आफ्नो पाचन शक्ति अनुसार ५ ग्राम देखी बढाएर २० ग्राम सम्म विहान-वेलुका दूधसंग खाने। शुद्ध धिउको साथ-साथै 'सोमघृत' पनि खाने। यदि कुनै एक घिउ मात्र खाने हो भने 'सोमघृत' खानु पर्दछ। सोमघृत पाएन भने 'फलघृत' को प्रयोग गर्नु पर्दछ। सोमघृत वा फलघृत उपलब्ध नभएमा शुद्ध घिउ को प्रयोग गर्नु पर्दछ। सोमघृत को सेवन तेस्रो महिना देखी आठौं महिना सम्म गर्नु पर्दछ।सोमघृत सेवन गर्नाले प्रशन्न चित्त, स्पष्ट बोलि भएको, सुन्दर, हृष्टपुष्ट शरिर, बुद्धिमान र कुनै रोग नभएको सन्तान जन्मन्छ।


चौथो महिना:-यस महिनामा दूधसंग ताजा नौनि २०-२० ग्राम विहान-वेलुका खाने।यस महिनामा शुद्ध घिउ वाला प्रयोग बन्द गर्ने र नौनि मात्र खाने।नौनि नपाएमा मात्र घिउ खाने।सोमघृत खानु न छोड्ने।
पाँचौ महिना:- पाँचौ महिनामा, तेस्रो माहिनामा जस्तो दूध र घिउ को सेवान गर्ने र साथै सोमघृत पनि खाने।
छैठौं महिना:- यस महिना, दोस्रो महिनामा जस्तो शतावरि चुर्ण दूधमा पकाएर खाने। सोमघृत पनि खाने।
सातौं महिना:- यस महिनामा पनि छैठौं महिनामा जस्तो शतावरि चुर्ण दूधमा पकाएर खाने। सोमघृत पनि खाने।
आठौं महिना:- यस महिनामा हलुका खाना खाने। कब्जियत हुन नपाओस। पेट सफा रा्ख्ननु पर्दछ। यो महिना को अन्त्य सम्म सोमघृत खानु पर्दछ।
नवौं महिना:- यस महिनामा सोमघृत नखाने। हलुका खाना खाने। पेट सफा राख्ने। नवमास चिकित्सा को प्रयोगले सल्यक्रिया नगरि सामान्य तरिकाले स्वस्थ्य र सुन्दर बच्चा जन्माउन सहयोग गर्दछ।
नोट: गर्भकाल भरि नै आलस सेबन गर्नु उत्तम हुनेछ। आलस सेबन गर्नाले स्वस्थ्य, सुन्दर, बुद्धिमान,प्रशन्न-चित्त भएको सन्तान जन्मन्छ। २५० एम.एल. तातो दूधमा ३० एम.एल. आलस को तेल मिसाउने। दूध र तेल अलग नदेखिने गरी फिट्ने र त्यसमा २-३ चमच(ठुलो) आलस को धुलो र आवश्यकता अनुसार मिश्री मिलाएर दिन को २ पटक बिहान-बेलुका खाने गर्नु पर्दछ।

No comments:

Post a Comment

Subscribe Now: google

Add to Google Reader or Homepage