15 January, 2012

परिक्षाको लागी पूर्व तयारी



परिक्षा को समयमा विद्यार्थिहरु ले धेरै मेहनत गर्नु पर्दछ । निरन्तर अध्ययन गर्दा मानसिक थकावट हुनु का साथै अध्ययन मा ध्यान केन्द्रित गर्न सक्दैनन् । मानसिक थकावट भएपछी पढ्न मन लाग्दैन, मस्तिष्कले काम गर्दैन, पढेको कुरा याद रहँदैन । यस अवस्थामा ‘इथूजा(Aethusa)-30 को सेवन ले मनको थकावट लाई हटाई दिन्छ । यस दवाई को सेवन ले मानसिक थकावट हुँदैन, मन लगाएर पढ्न सक्छन र पढेको कुरा याद रहन्छ । जसले गर्दा परिक्षामा राम्रो नतिजा ल्याउन सफल हुन्छन ।यसका साथै पढ्न मा ध्यान नदिने वा पढ्न मन नगर्ने विद्यार्थी को लागी पनी यो दवाई सहायक सिद्ध छ ।
कोही विद्यार्थीहरु परिक्षा आयो भनेपछी डर ले आत्तिन्छन, मानसिक तनाव उत्पन्न हुन्छ,परिक्षामा फेल हुन्छ भन्ने पूर्व आशंका ले चिन्तित हुन्छन् , परिक्षा आएपछी विमारी हुन्छन् , परिक्षा दिन जाने बेलामा पखाला लाग्छ । यस्तो अवस्था मा ‘अर्जेन्टम नाइट्रिकम(Argentum Nitricum)-30 को सेवन गर्नु पर्दछ । यसले मनको डर, आशंका तथा मानसिक तनाव लाई हटाई दिन्छ । शान्त मनले परिक्षा दिन सक्छन् र परिक्षा मा राम्रो परिणाम ल्याउन सफल हुन्छन् ।
यी औषधी परिक्षा शुरु हुनु भन्दा ८-१० दिन अघी देखी परिक्षा समय भरी सेवन गर्दा उत्तम हुन्छ । यी औषधीहरु होमियोपेथी औषधी पसल मा पाईन्छ । यो १ थोपा दवाई २ चम्चा पानी मा हालेर दिनको ३ पटक खाली पेटमा खानु पर्दछ । अथवा, खाना खानु भन्दा आधा घन्टा अगाडी वा एक घन्टा पछाडी खानु पर्दछ ।                                                                                        

1 comment:

  1. राम्रो लेख। तपाई को लागी धन्यवाद।

    ReplyDelete

Subscribe Now: google

Add to Google Reader or Homepage