19 April, 2012

इच्छा अनुसार को असल सन्तान छोरा/छोरी

हाम्रो समाजमा सबैले छोराको मात्र चाहना गर्दछन्।तर प्रकृतिले भने आफ्नो सन्तुलन कायम नै राखेको छ! यदि हामीले इच्छा गर्नुको साथै निरन्तर् उचित प्रयास गरेमा जुन सुकै कार्यमा पनि सफलता पाउन सकिन्छ!
छोरा वा छोरी जन्मनु भाग्यको खेल हो भनेर निराश हुनु भन्दा उचित विधिद्वारा आवश्यक उपाय गर्नु चांही बुद्धिमानी हुन्छ! महत्वपूर्ण कुरा यो हुन्छ की राम्रो संस्कार, स्वभाव र स्वस्थ सन्तान प्राप्त गर्नुको लागि पति-पत्नीले मानसिक र शारिरिक रूपले उचित र आवश्यक तयारी गर्नु पर्दछ! नव-विवाहित दम्पत्तीले यस विषयमा बढी सतर्क हुनु पर्दछ! किनकी तिनिहरू जोशमा यौवनको आनन्द लिईरहेका हुन्छन्। यस अवस्थामा एक्-दुई वर्ष सम्म परिवार नियोजनको साधन प्रयोग गर्नु नै बुद्धिमानी हुनेछ। त्यसपछी एक्-आपसमा समझ्दारी, आत्मियता र मानसिक सन्तुलन कायम गर्नु पर्दछ! जसले गर्दा यौन्-सम्बन्धलाई पनी सुनियोजित र सन्तुलित राख्न सकियोस्! यस कुरालाई ध्यान दिन अती जरुरी छ, किनकी यौन-सुख प्राप्त गर्नुको लागी गरिएको यौन-क्रिडा जति नै आनन्द दायक भएता पनि गर्भाधान गर्नुको लागी उपयुक्त हुनेछैन! किनकी तिनीहरुले गरेको सहवास आनन्दको लागी मात्र हो; सन्तान उत्पत्तीको लागी गर्भाधान गरिएको होईन! यौवनको नशामा गरिएको यौन-क्रिडा बाट राम्रो र स्वस्थ्य सन्तान जन्माउन सकिन्दैन! यस्तो अवस्थामा जन्म हुन गएको सन्तान एउटा सह्-उत्पादन (By-Product) को रुपमा जन्म लि
एको हुन्छ! जस्तो की धानको खेती गर्दा झार्-पात पनि उम्रन्छ भने झार्-पात चाहिं सह्-उत्पादन भयो! त्यसरी नै यौन्-सुख: प्राप्तीको लागी यौन्-क्रिडा गर्दा सन्तान जन्मन्छ भने, यहां मुख्य उद्देश्य यौवनको आनन्द लिनु हो भने सन्तान जन्मनु सह्-उत्पादन् (झार्-पात्) भयो! यहां मुख्य उद्देश्य सन्तान जन्माउनु होइन, मस्ती गर्दा सन्तान जन्म हुनगयो! यसको अर्थ त्यो सन्तान्- राम्रो संस्कार्, राम्रो स्वभाव, बुद्धिमानि र स्वस्थ्य हुन सक्दैन! यस कुरालाई राम्ररी गहिरिएर विचार गर्नु आवश्यक छ! शास्त्रमा शरीर र स्वास्थ्य रक्षाको दृष्टीले यौन्-आचरणमा अती नगर्न सचेत गरिएको छ! किनकि, अती गर्नाले शुक्र कमजोर हुन्छ र स्वास्थ्य, बल र आयुलाई हानी पुर्याउंछ। त्यसको प्रभाव, हुनेवाला सन्तानको स्वास्थ्यमा पनि पर्दछ! जसले गर्दा सन्तान कमजोर र रोगी हुन्छ।


आयुर्वेदमा लेखिएको छ, यदि दम्पतीले राम्रो संस्कार्, स्वभाव र स्वस्थ्य सन्तान जन्माउन चाहन्छ भने तिनीहरु ले गर्भाधानको लागी गरिने सहवासलाई मात्र यौन्-क्रिडाको रुपमा नलिएर एउटा संस्कार जस्तै मन र शरीरलाई स्वस्थ्य, शुद्ध, पवित्र र प्रशन्न राखेर राम्रो वातारणमा सम्पन्न गर्नु पर्दछ! गर्भाधान कृयालाई एउटा महत्वपुर्ण संस्कार मानिएको छ, जसमा पूरा जिवनको संरचना तयार हुन्छ! यस्तो महत्वपुर्ण क्रियालाई हामी यौवनको मस्तिमा डुबेर एक खेलको रुपमा सम्पन्न गर्दछौं अनी आशा गर्दछौं की स्वस्थ्य र सुन्दर सन्तानको जन्म होस्! यो त कागतिको विरुवा रोपेर सुन्तला फलोस् भन्ने चाहना गरे जस्तो हुन्छ!


महत्वपूर्ण कुरा यो होइन, छोरा कि छोरी? छोरा होस् वा छोरी, राम्रो संस्कार, बुद्धिमान्, राम्रो स्वभाव्, गुणवान्, सुन्दर र स्वस्थ्य (आफ्नो इच्छा अनुसारको) सन्तान प्राप्त हुनु चांही महत्वपूर्ण कुरा हो! यसको लागि हामीहरुले पहीले देखि नै मानसिक र शारिरिक रुपले तयारी हुनु पर्दछ र गर्भाधान गरिंदा पनि सतर्क रहनु पर्दछ! आयुर्वेदमा श्रेष्ठ सन्तान पाउन इच्छा गर्ने दम्पत्तीको लागि गर्भाधान गर्ने कृयाको बारेमा केही निर्देशन दीइएको छ:-



१) उचित् आहार्-विहार् र पौष्टिक पदार्थको सेवन गरेर स्वास्थ्यलाई निरोग राख्नु पर्दछ! यस् अवस्थामा मात्र गर्भाधान् गर्नु उचित् हुन्छ! अन्यथा, अस्वस्थ शरिर् र चिन्ताग्रस्त मानसिक् स्थिति भएमा गर्भाधान् गर्नु उचित् हुनेछैन!
यदि पति-पत्निले ब्रम्हचर्य पालना गर्दै गर्भाधान अघि र पछी पनी कालो दाल र चामलको खिचडीमा घिउ मिलाएर सेबन गरेमा विद्वान एवं वक्ता पुत्र प्राप्त हुनेछ! तथा, तिल र चामल को खिचडीमा घिउ मिलाएर सेवन गरेमा, उसले विदुषी कन्याको जन्म दिनेछन्।

२) जब स्त्रिको मासिक्-श्राव सुरु हुन्छ, ४ दिन सम्म अलग बसेर कुनै काम् नगरि पुर्ण-विश्राम् गर्नु, प्रसन्न चित्त रहनु, विचार स्वस्थ र शुद्ध राख्नु पर्दछ! शास्त्रमा भनिएको छ:- गर्भाधानको समयमा स्त्रिको मनमा जस्तो विचार उत्पन्न भएको हुन्छ उसले त्यस्तै किसिमको सन्तानलाई जन्म दिन्छ! जस्तो की आफु ले जस्तो पहिरन र श्रृंगार गरिएको हुन्छ, फोटो खिच्दा त्यस्तै चित्र आउँछ। त्यसैले दम्पत्तिले गर्भाधान र गर्भकाल् भरि नै प्रशन्न चित्त, राम्रो विचार् र आपसमा प्रेम र सद्वभाव राख्नु अति आवश्यक छ! यदी पति-पत्नीमा प्रेम, सदभाव भएमा सुन्दर, स्वस्थ्य एवं उत्तम गुण भएको सन्तान प्राप्त हुनेछ! तर एक-आपसमा द्वेष, घृणा, एवं मनोमालिन्य भएमा तिनका सन्तान प्राय: कुरुप, दुष्ट र बुद्धिहीन हुनेछन् !

३) मासिक्-श्राव सुरु भएको नवौं दिन देखि अठारौं दिनसम्म स्त्रीहरु गर्भ धारण गर्न योग्य हुन्छन्! मासिक-श्राव को नजिक को रात्री भन्दा पछिल्ला रात्रीहरु उत्तम हुँदै जानेछन्। जस्तो कि दशौं रात्री भन्दा बाह्रौं रात्री गर्भाधान को लागी उत्तम हुन्छ। किनकी जती धेरै रात्रीहरु हुन्छन , डिम्ब पनि बिकसित र परिपक्व हुँदै जान्छ र सन्तान पनि पुष्ट, निरोगी र बुद्धिमान हुन्छ। मासिक्-श्राव सुरु भएको दशौं, बाह्रौं, चौधौं र सोह्रौं रात्रिहरु मा सहवास गरे पुत्र-लाभ गर्न सकिन्छ! त्यसै गरि नवौं, तेह्रौं र पन्ध्रौं रात्रिहरुमा सहवास गरे पुत्री-लाभ गर्न सकिन्छ! जुन् दिन् मासिक-श्राव सुरु हुन्छ, त्यसलाइ प्रथम रात्री मानेर गन्ति गर्नु पर्दछ! जस्तै, आईतवारको विहान ७ बजे देखि सोमवार विहान ४ बजे सम्मको विच समयमा मासिक-श्राव सुरु भएमा आइतवार को रातलाई प्रथम रात्री मानेर गन्ति गर्नु पर्दछ! तर, विहानको ४ बजे देखि ७ बजे सम्मको विचको समयमा मासिक-श्राव सुरु भएमा त्यस महिनामा गर्भ धारण नगर्नु नै उपयुक्त हुन्छ! किनकी, त्यस समयमा प्रथम रात्रिको गणना गर्न असुबिधा हुन्छ! यस विषयमा अर्को एउटा ध्यान दिनुपर्ने कुरा के छ भने गर्भाधान गर्ने रात्रीहरु शुक्ल-पक्षको चन्द्रमा युक्त रात हुनु आवश्यक छ! यसमा पनि अझ शुक्ल-पक्ष (औंशी देखि पूर्णिमा बिचको समय) को अष्टमी देखि पूर्णिमा बिचको समय भएमा अति राम्रो हुनेछ! तर, कृष्ण-पक्षको (पूर्णिमा देखि औंशीं बिचको समय) रात्रिहरुमा गर्भाधान गर्न उचित हुने छैन! किनकी, चन्द्रमाको प्रभाव मन र स्त्रीको मासिक-धर्ममा पनि पर्दछ! चन्द्रमाको अंश धेरै भएको रात धेरै प्रभावशाली र लाभकारी हुन्छ! त्यसैले आयुर्वेदमा भनिएको छ:- चन्द्रमाको अंश धेरै भएको समयमा गर्भाधान गर्नाले विध्या, आयु, आरोग्य, सौभाग्य र ऐश्वर्यले युक्त सन्तान प्राप्त हुन्छ! यस कुरालाई मध्य नजर राख्दा छोरा पाउनको लागि शुक्ल-पक्षको समय पारेर मासिक-धर्म शुरू भएको दशौं, बाह्रौं, चौधौं र सोह्रौं रात्रीहरुमा र छोरी पाउनको लागि नवौं, तेह्रौं र पन्ध्रौं रात्रीहरुमा गर्भाधान गर्नु पर्दछ! तर, शास्त्रमा एघारौं रात्रिमा गर्भाधान गर्न निषेध गरेको छ!

आधुनिक बिज्ञान अनुसार स्त्रीको गर्भाशयमा पुरूष शुक्राणु {Sperm} ले डिम्ब (Ovum) लाई निषेचन क्रिया (Fertilization) सम्पन्न गरेपछी स्त्रीहरुले गर्भ धारण गर्दछन! तसर्थ गर्भधारन गर्न लाई स्त्रीहरूमा हुने मासिक-चक्रको जानकारी हुनु आवश्यक हुन्छ! सबै स्त्रीहरुको मासिक-चक्रको समय समान हुँदैन! कुनै स्त्रीको मासिक-चक्र २४ दिनको हुन्छ भने कुनै स्त्रीको मासिक-चक्र ३० दिनको हुने गर्दछ! जसले गर्दा स्त्रीहरुको गर्भधारन गर्न सक्ने समय फरक-फरक हुन्छ! आधुनिक विज्ञान अनुसार स्त्रीहरुको मासिक-चक्र अनुसार गर्भधारण गर्न सक्ने समयको तालिका तल दिइएको छ:-

           मासिक-चक्र                                  गर्भाधान हुने समय 
२४ दिन्  को मासिक चक्र भएमा               ६ औं देखी १३ औं दिन् सम्म
२५ दिन्         "               "                       ७ औं देखि १४ औं दिन् सम्म
२६ दिन्         "               "                       ८ औं देखि १५ औं दिन् सम्म
२७ दिन्         "               "                       ९ औं देखि १६ औं दिन् सम्म
२८ दिन्         "               "                       १० औं देखि १७ औं दिन् सम्म
२९ दिन्         "               "                       ११ औं देखि १८ औं दिन् सम्म
३० दिन्         "               "                       १२ औं देखि १९ औं दिन् सम्म
३१ दिन्         "               "                       १३ औं देखि २० औं दिन् सम्म

४) गर्भाधान गरिने दिन शुद्ध आहार लिनु पर्दछ एवं शुभ र पवित्र विचार राखेर मनमा हर्ष र उत्साह राख्नु पर्दछ! पुरा गर्भकाल (९ महिन) भरि नै स्त्रीले आफ्नो आचार-बिचार पबित्र राख्नु पर्दछ! किनकी त्यस समयमा स्त्रीले जस्तो बिचार र भावना राख्दछ, त्यसै अनुरुपको सन्तानलाई जन्म दिन्छ!

५) गर्भाधान गरेको दिन देखी नै दूध-भात, खिर, शतावरीको चूर्ण दूधमा पकाएर सुत्ने समयमा खाने, बिहान नौनी-मिश्री १-१ चम्चा र ४ दाना जति पिसेको मरिच मिसाएर खाने, साथै काँचो नरिवल र सौंफ पनि खानु अति उत्तम हुन्छ! जसले गर्दा गोरो वर्णको स्वस्थ्य र सुन्दर सन्तान प्राप्त हुन्छ! साथै दैनिक ३० देखी ५० ग्राम् सम्म आलस (भिजाएर वा धुलो पारेर) खाएमा पेट सफा रहन्छ एवं बच्चाको शरिर बलियो र दिमाग तेजिलो हुन्छ! आयुर्वेदले गर्भकाल भरी नै गर्न योग्य “नव मास चिकित्सा” को बिधी-बिधान बताएको छ, त्यसको पालना गर्नु पर्दछ!

६) शास्त्र अनुसार चाँड-पर्वको दिन, मूल, भरणी, अश्विनी, रेवती र मघा नक्षत्र, ग्रहणको दिन, माता-पिताको श्राद्धको दिन, दिनको समय ( दिन को समयमा गर्भाधान बाट उत्पन्न सन्तान दुराचारी हुन्छ। रात्री को तेश्रो प्रहर(रात्री १२ देखि ३ बजे सम्म) मा गर्भाधान गर्न उपयुक्त मानिएको छ।), संध्याको समय, संक्रान्ती, आइतवार, मंगलवार र शनिवार को दिनहरू मा गर्भाधान गर्न निषेध गरिएको छ। यि दिनहरु मा गर्भाधान भएमा संतान एवं माता-पिताको लागि दु:ख कारक हुनेछ।
चाँड-पर्वको दिन, संक्रान्ती, भद्रा, चतुर्थी, षष्ठी, अष्ठमी, नवमी, चतुर्दशी, औंशी र पूर्णीमा को दिन वाहेक अन्य तिथीहरू:- परेवा, द्वितिया, तृतिया, पंचमी, सप्तमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी एवं सोमवार, बुधवार, विहिवार र शुक्रवार को दिन मा उत्तराषाढा, उत्तराभाद्रपद, उत्तराफाल्गुनी, मृगशिरा, हस्त, अनुराधा, रोहिणी, स्वाती, श्रवण, घनिष्ठा र शतभिषा नक्षत्रहरु को संयोगमा गर्भाधान गर्न शुभ मानिएको छ।

७)महर्षी ब्यास मुनि द्वारा रचित 'ब्यास सुत्र' का अनुसार:- ब्यास मुनि स्वयंले यसै सुत्र अनुसार अम्बा, अम्बालिका तथा धृतराष्ट्र, पाण्डु र विदूर लाई जन्म दिएका थिए।
ब्यास मुनि द्वारा प्रतिपादित सूत्र:-

१) मासिक धर्मको आठौं रात्रि गर्भाधान गरे ऐश्वर्यशालि पुत्र प्राप्त।
२)     "        "            नवौं        "         " "         ऐश्वर्यशालि पुत्री प्राप्त।
३)     "        "            दशौं        "         " "         चतुर पुत्र प्राप्त।
४)     "        "            एघारौं     "         " "         चरित्रहीन पुत्री प्राप्त।
५)     "        "            बाह्रौं        "        " "          पुरुषोत्तम पुत्र प्राप्त।
६)     "        "            तेह्रौं         "        " "          वर्णशंकर पुत्री प्राप्त।
७)     "        "            चौधौं       "        "  "         उत्तम पुत्र प्राप्त।
८)     "        "            पन्धौं       "       " "         सौभाग्यवती पुत्री प्राप्त।
९)     "        "            सोह्रौं        "       " "        सर्वगुण सम्पन्न पुत्र प्राप्त

उपर्युक्त उपायका साथै स्वर-साधनाका उपायलाई पनि अवलम्बन गरेमा निश्चित परिणाम प्राप्त गर्न सकिन्छ। स्वर-साधनाको मत अनुसार हाम्रो नाकको दुई प्वालहरु छन्। त्यस मध्ये कहिले नाकको दाहिने प्वाल खुल्ला रहन्छ भने कहिले देब्रे प्वाल खुल्ला रहन्छ। यदि केहि क्षण देब्रे पट्टी कोल्टो परेर सुतेमा नाकको दाहिने प्वाल (सूर्य स्वर) खुल्ला रहन्छ। यसले हाम्रो शरिरलाई उर्जा (तेज) प्रदान गर्दछ र दाहिने पट्टी कोल्टो परेर सुतेमा नाकको देब्रे प्वाल (चन्द्र स्वर) खुल्ला रहन्छ। यसले हाम्रो शरिरलाई शितलता (शान्त, मधुरता) प्रदान गर्दछ। यसै शिद्धान्त अनुरुप, यदि पुरुषको सूर्य स्वर (दाहिने प्वाल) र स्त्रीको चन्द्र स्वर (देब्रे प्वाल) चलिरहेको अवस्थामा गर्भाधान गरेमा छोरा प्राप्त हुन्छ। अर्थात, सहवासको समयमा पुरूष, स्त्रीको दाहिने भागमा र स्त्री, पुरूषको देब्रे भागमा रहनु पर्दछ। तब स्वत: पुरूषको सूर्य-स्वर र स्त्रीको चन्द्र-स्वर चल्न थाल्दछ। सहवास गर्नु अघी आधा घन्टा सम्म यस अवस्थामा प्रेमालाप गर्नु पर्दछ र साथै गर्भाधान गरि सकेपछी पनी स्त्रीले केही समय सम्म दाहिने कोल्टो परेर सुतिरहनु अती आवश्यक छ। यदि छोरी प्राप्त गर्नु छ भने यसको बिपरित आसनलाई प्रयोग गर्नु पर्दछ। यो प्रयोग निकै सिद्धि दायक छ।

जापानको सुविख्यात चिकित्सक डा. कताज को अनुसार:- गर्भ रहनु भन्दा अघि र पछि कैल्शियम युक्त खाना (दूध ,दही, घ्यू) खाएमा छोरा प्राप्त हुन्छ र मैंग्नेसियम युक्त खाना (माछा, मासु, अण्डा आदि) खाएमा छोरी प्राप्त हुन्छ।

संदर्भ पुस्तक:-
१ ‘निरोगधाम’ बसन्त ऋतु अंक १९९१ , इन्दौर, भारत
२ 'कल्याण’ ‘बालक अंक बिशेषांक‘, गोरखपुर, भारत

3 comments:

  1. herau tapaiko kurama katiko atyata chha

    ReplyDelete
    Replies
    1. कार्य सफलता को लागी शुभ कामना छ। परिणाम प्राप्त भएपछी प्रतिक्रिया अवश्य लेख्नु होला। धन्यबाद।

      Delete

Subscribe Now: google

Add to Google Reader or Homepage