16 February, 2015

रूद्राक्ष को उपयोग

बिभिन्न प्रयोजन को लागी रुद्राक्ष को प्रयोग :-
 धर्म, अर्थ, काम तथा मोक्ष मानव जिवन को मुख्य लक्ष्य हुन्।हरेक ब्यक्ती यिनै लक्ष्य प्राप्ती को लागी हर संभव प्रयास गर्छन।लक्ष्य प्राप्ती को लागी शास्त्रमा विभिन्न उपाय हरु उल्लेख गरेको पाईन्छ। जसमा रुद्राक्ष को स्थान उच्च छ। रुद्राक्ष भगवान शिव को अंश हो। शिव संहारक हुन् साथै कल्याणकारी पनी। रुद्राक्ष मा शिव को कल्याणकारी रुप समाहित छन्। त्यसैले रुद्राक्षमा कष्टबाट मुक्ती दिलाउने सामर्थ्य छ। रुद्राक्ष धारण गर्नाले शारिरीक तथा मानसिक रोग बाट मुक्ती मिल्दछ। त्यसका साथै विभिन्न रुद्राक्ष विभिन्न कार्य संपादन तथा लक्ष्य प्राप्ती को लागी सहायक पनि हुन्छ।
# विद्या प्राप्ती को लागी रुद्राक्ष धारण :- विद्या प्राप्ती को सफलता को लागी ३, ४ एवं ६ मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। ३ मुखी रुद्राक्ष साक्षात अग्निदेव को स्वरुप हो। यसको शासक मंगल ग्रह हो। यसको धारण ले अनेक विद्याहरु को प्राप्ती संभव हुन्छ। यसको धारण ले मंदबुद्धी बालक को पनि बुद्धी बिकाश हुन्छ।  
    ४ मुखी रुद्राक्ष ब्रम्हा को स्वरुप हो। यस को शासक बुध हो। यस को धारण ले जातक को बुद्धी बिकाश हुन्छ, स्नायु एवं मानसिक रोग बाट मुक्ती मिल्छ। मन मा सात्विक विचार उत्पन्न हुन्छ।त्यसैले बिद्या प्राप्ती मा सहायक हुन्छ।
    ६ मुखी रुद्राक्ष को देवता कार्तिकेय हुन्। यसले संकल्प शक्ती, आत्म विश्वास, वाक् पटुता एवं ज्ञान शक्ती प्रदान गर्दछ। यसको शासक शुक्र ग्रह हो।गणेश रुद्राक्ष पनि विद्या प्राप्ती मा सहायक हुन्छ। गणेश रुद्राक्ष धारण गर्नाले पढाई मा मन लाग्छ तथा बुद्धी कुशाग्र हुन्छ।   
# धन प्राप्ती, नोकरी एवं ब्यवसाय मा सफलता :- सात मुखी रुद्राक्ष धन प्राप्ती एवं ब्यवसाय बृद्धी को लागी विशेष सहायक मानिन्छ। यसको देवता सप्त ऋषि हुन्। बृष, कन्या तथा कुंभ राशी एवं लग्न को जातक को लागी यो रुद्राक्ष अत्यन्त लाभप्रद छ।यसको अतिरीक्त बाह्र मुखी रुद्राक्ष ले नोकरी मा आउने सबै समस्याहरु को समाधान गर्दछ। यो रुद्राक्ष धारण गर्ना ले दरिद्रता को नाश हुन्छ। प्रशासनिक अधिकारी को लागी यो रुद्राक्ष अत्यन्त लाभप्रद छ।
# दाम्पत्य सु:ख मा बृद्धी :- दुई मुखी रुद्राक्ष धारण गर्नाले विवाह योग्य युवा तथा युवती को विवाह चाँडै हुन्छ। यो अर्धनारिश्वर को रुप हो। यसको धारण गर्नाले दाम्पत्य जिवन सु:खमय हुन्छ। साथै मानसिक शान्ती पनि प्राप्त हुन्छ।
     दाम्पत्य जिवन सु:खमय बनाउन को लागी गौरी-शंकर रुद्राक्ष पनि सहायक हुन्छ। यसको धारण गर्नाले पति-पत्नी विच को प्रेम प्रगाढ हुन्छ तथा परिवार मा सु:ख शान्ती रहन्छ।
# उत्तम सन्तान को प्राप्ती :- सन्तान प्राप्ती मा आउने बिघ्न-बाधा को समाधान को लागी पति ले छ मुखी रुद्राक्ष र पत्नी ले एघार मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। गौरी-गणेश रुद्राक्ष धारण गर्नाले पुत्र संतान प्राप्त हुन्छ र संतान को सबै प्रकार को कष्ट को निवारण हुन्छ।
# उन्नती एवं मान-सम्मान को प्राप्ती :- उन्नती तथा प्रगती को लागी नौं मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। यसको देवी भगवती दुर्गा हुन्।यसको धारण गर्नाले साहस एवं कर्मठता बृद्धी हुन्छ।यो रुद्राक्ष गला वा देब्रे हात मा धारण गर्नु पर्दछ। यसले जातक को कुन्डली को नवम् भाव बली हुन्छ, जसले गर्दा भाग्यले सधैं साथ दिन्छ।      
# बिघ्न-बाधा एवं अन्य कष्ट बाट मुक्ती :- मुद्दा मामला मा सफलता तथा दुर्घटना एवं शत्रु बाट रक्षा को लागी आठ मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। विघ्नहर्ता श्री गणेश यसको देवता हुन्। यो रुद्राक्ष धारण गर्नाले सबै प्रकार को कष्ट र बाधाहरु बाट मुक्ती मिल्दछ।
     यदी भाग्य ले साथ दिएको छैन भने दश मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। यो रुद्राक्ष भगवान विष्णु को स्वरुप हो। त्रिजुटी (ज्वाला) रुद्राक्ष ले पनि सबै प्रकार को कष्ट निवारण गर्दछ।    
# स्वास्थ्य प्राप्ती को लागी :- प्रत्येक मानिस चाहन्छ की उसको स्वास्थ्य निरोगी एवं बलवान होस। स्वास्थ्य को अनुकुलता को लागी चौध मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। यो रुद्राक्ष हनुमान जी को स्वरुप हो। यसको धारण गर्नाले रोग बाट मुक्ती मिल्दछ एवं आरोग्य प्राप्ती हुन्छ। यसले शनि एवं मंगल को अशुभ प्रभाव बाट पनि रक्षा गर्दछ।
       तिन मुखी रुद्राक्ष हृदय सम्बन्धी रोगबाट मुक्ती को लागी, एक मुखी रुद्राक्ष मानसिक तनाव एवं श्वास कष्ट को लागी, दुई एवं चार मुखी रुद्राक्ष लिवर रोग को लागी, पाँच मुखी रुद्राक्ष वात तथा असाध्य रोग बाट मुक्ती को लागी,  सात तथा नौं मुखी रुद्राक्ष शनि दोष बाट उत्पन्न रोग बाट मुक्ती को लागी र आठ मुखी रुद्राक्ष आकस्मिक दुर्घटना बाट बचाव को लागी धारण गर्नु पर्दछ।
# मानसिक शान्ती एवं आध्यात्मीक उन्नती को लागी :- पन्द्रह मुखी रुद्राक्ष पुर्णिमा को दिन धारण गर्नाले मानसिक तनाव बाट मुक्ती मिल्दछ, मनोकामना पूर्ण हुन्छ एवं मनोबल बृद्धी हुन्छ। यो रुद्राक्ष भगवान पशुपतिनाथ को स्वरुप हो। एकाग्रता मा पनि यो रुद्राक्ष सहायक हुन्छ। बाह्र र चौध मुखी रुद्राक्ष आध्यात्मीक उन्नती को लागी धारण गर्नु पर्दछ।  
# धारण विधी :- रुद्राक्ष शुभ मुहुर्त मा धारण गर्नु पर्दछ। यसको लागी सोमबार उत्तम हुन्छ। विहिबार, अक्षय तृतिया एवं शिवरात्री को अवसर मा पनि रुद्राक्ष धारण गर्न सकिन्छ। रुद्राक्ष यथा संभव स्वर्ण वा चाँदी मा मढेर वा रातो धागो मा धारण गर्नु पर्दछ। बिहान स्नान आदी पछी रुद्राक्ष लाई गंगा जल ले स्नान गराएर शिव लिङ्ग मा स्पर्स गराई काँचो दूध चढाउने र चंदन, फुल, धूप-दिप ले पूजा गर्ने र त्यस पछी रुद्राक्ष को मुख अनुसार १०८ पटक बीज मन्त्र उच्चारण गर्ने अथवा “ॐ नम: शिवाय” को एक माला लप गरेर पुर्व वा उत्तर मुख गरी श्रद्धा पुर्वक धारण गर्ने।

    श्रावण संक्रान्ती, माघे संक्रान्ती, औंसी, पुर्णीमा एवं पूर्णा तिथी (पंचमी, दशमी र पुर्णीमा) को दिन रुद्राक्ष धारण गर्नाले सबै पाप नाश भएर जान्छ एवं मनोकामना पुर्ण हुन्छ। शुक्ल पक्ष वा पुर्णिमा को दिन रुद्राक्ष धारण गरेमा ऐश्वर्य एवं सु:ख शान्ती प्राप्त हुन्छ। कृष्ण पक्ष वा औंसी को दिन रुद्राक्ष धारण गरेमा आध्यात्मिक उन्नति एवं वैराग्य उत्पन्न हुन्छ। रुद्राक्ष धारण गरेर श्मशान घाट वा कुनै अंत्येष्टि कार्यमा जान हुँदैन, प्रसुती गृह मा जान हुँदैन र स्त्री ले मासिक धर्मको समय मा धारण गर्न हुँदैन।
Read more/बाँकी यता >>

23 September, 2013

शौभाग्यशाली संतान प्राप्ती योग


२०७० असोज २९ देखी २०७० माघ १(१५ अक्टोबर २०१३ देखी १५ जनवरी २०१४) गते सम्म को समय लाई सर्वश्रेष्ठ गर्भाधान मुहुर्त मान्न सकिन्छ। किनकी यस समयमा गर्भाधान गरेमा शनि र बृहस्पति(गुरु) उच्च स्थानमा भएको बेला शिशु को जन्म हुन्छ। जसले गर्दा बच्चा विशेष गुणी एवं शौभाग्यशाली हुन्छ।

५९ बर्ष पछी बृहस्पति(गुरु) र शनि दुबै ग्रह उच्च राशीमा गोचर हुँदैछ। २०७१ आसाढ ५(१९ जुन २०१४)गते देखी बृहस्पति (गुरु) ग्रह उच्च राशी कर्क मा प्रवेश गर्दैछ र शनि ग्रह २०६९ श्रावण देखी उच्च राशी तुला मा स्थित छ। यी दुबै राशी २०७१ कार्तिक १७(३ नवंबर २०१४) गते सम्म उच्च राशी मा हुन्छ। २०७१ कार्तिक १७(३ नवंबर २०१४)गते देखी शनि बृश्चिक राशी मा प्रबेश गर्दछ।

तसर्थ, २०७० असोज २९ देखी २०७० माघ १(१५ अक्टोबर २०१३ देखी १५ जनवरी २०१४) गते सम्म को समय लाई श्रेष्ठ गर्भाधान मुहुर्त मान्न सकिन्छ।

२०७१ भाद्र २० देखी असोज १गते (५ सेप्टेम्बर देखी १७ सेप्टेम्बर २०१४) सम्म को समयमा सूर्य र मंगल स्वराशी मा स्थित हुन्छ तथा बुध पनि उच्च राशी मा हुन्छ। त्यसैले यस ग्रह योग मा जन्मीएको बच्चा धेरै शौभाग्यशाली हुन्छ। २०७१ श्रावण ३० देखी भाद्र ३० गते (१५ अगस्त देखी १५ सेप्टेम्बर २०१४) सम्म को समय पनि शिशु जन्म को लागी महत्वपूर्ण छ।

   

Read more/बाँकी यता >>

28 May, 2013

बबासिर/Piles को उपचार


   पाईल्स एक प्रचलित विमारी को रुपमा देखा परेको छ। यस रोग मा रक्तश्राव पनि हुन सक्छ। यसको मुख्य कारण कब्जियत हुनु हो। यस लाई अंग्रेजी मा Hemorrhoids भनिन्छ।पाईल्स बिभिन्न कारण ले हुन सक्छ :-

१.      नियमित दिशा गर्ने प्रकृया मा बाधा हुन गएमा।
२.      रेसादार खाना को कमी।
२.      माछा, मासु, रक्सि, चुरोट को  सेवन।
४.      बल पूर्बक मल त्याग गर्ने बानि।
५.      धेरै मसला भएको पिरो, चिल्लो खाना खानु।
६.      राती अबेला सम्म जागा बस्नु।
६.      जङ्क फुड (प्याकिङ्ग गरिएको तयारी खाना) को सेवन।
८.      वंशानुगत कारण आदी ।

Read more/बाँकी यता >>

19 April, 2012

इच्छा अनुसार को असल सन्तान छोरा/छोरी

हाम्रो समाजमा सबैले छोराको मात्र चाहना गर्दछन्।तर प्रकृतिले भने आफ्नो सन्तुलन कायम नै राखेको छ! यदि हामीले इच्छा गर्नुको साथै निरन्तर् उचित प्रयास गरेमा जुन सुकै कार्यमा पनि सफलता पाउन सकिन्छ!
छोरा वा छोरी जन्मनु भाग्यको खेल हो भनेर निराश हुनु भन्दा उचित विधिद्वारा आवश्यक उपाय गर्नु चांही बुद्धिमानी हुन्छ! महत्वपूर्ण कुरा यो हुन्छ की राम्रो संस्कार, स्वभाव र स्वस्थ सन्तान प्राप्त गर्नुको लागि पति-पत्नीले मानसिक र शारिरिक रूपले उचित र आवश्यक तयारी गर्नु पर्दछ! नव-विवाहित दम्पत्तीले यस विषयमा बढी सतर्क हुनु पर्दछ! किनकी तिनिहरू जोशमा यौवनको आनन्द लिईरहेका हुन्छन्। यस अवस्थामा एक्-दुई वर्ष सम्म परिवार नियोजनको साधन प्रयोग गर्नु नै बुद्धिमानी हुनेछ। त्यसपछी एक्-आपसमा समझ्दारी, आत्मियता र मानसिक सन्तुलन कायम गर्नु पर्दछ! जसले गर्दा यौन्-सम्बन्धलाई पनी सुनियोजित र सन्तुलित राख्न सकियोस्! यस कुरालाई ध्यान दिन अती जरुरी छ, किनकी यौन-सुख प्राप्त गर्नुको लागी गरिएको यौन-क्रिडा जति नै आनन्द दायक भएता पनि गर्भाधान गर्नुको लागी उपयुक्त हुनेछैन! किनकी तिनीहरुले गरेको सहवास आनन्दको लागी मात्र हो; सन्तान उत्पत्तीको लागी गर्भाधान गरिएको होईन! यौवनको नशामा गरिएको यौन-क्रिडा बाट राम्रो र स्वस्थ्य सन्तान जन्माउन सकिन्दैन! यस्तो अवस्थामा जन्म हुन गएको सन्तान एउटा सह्-उत्पादन (By-Product) को रुपमा जन्म लि
Read more/बाँकी यता >>

15 January, 2012

परिक्षाको लागी पूर्व तयारी



परिक्षा को समयमा विद्यार्थिहरु ले धेरै मेहनत गर्नु पर्दछ । निरन्तर अध्ययन गर्दा मानसिक थकावट हुनु का साथै अध्ययन मा ध्यान केन्द्रित गर्न सक्दैनन् । मानसिक थकावट भएपछी पढ्न मन लाग्दैन, मस्तिष्कले काम गर्दैन, पढेको कुरा याद रहँदैन । यस अवस्थामा ‘इथूजा(Aethusa)-30 को सेवन ले मनको थकावट लाई हटाई दिन्छ । यस दवाई को सेवन ले मानसिक थकावट हुँदैन, मन लगाएर पढ्न सक्छन र पढेको कुरा याद रहन्छ । जसले गर्दा परिक्षामा राम्रो नतिजा ल्याउन सफल हुन्छन ।यसका साथै पढ्न मा ध्यान नदिने वा पढ्न मन नगर्ने विद्यार्थी को लागी पनी यो दवाई सहायक सिद्ध छ ।
कोही विद्यार्थीहरु परिक्षा आयो भनेपछी डर ले आत्तिन्छन, मानसिक तनाव उत्पन्न हुन्छ,परिक्षामा फेल हुन्छ भन्ने पूर्व आशंका ले चिन्तित हुन्छन् , परिक्षा आएपछी विमारी हुन्छन् , परिक्षा दिन जाने बेलामा पखाला लाग्छ । यस्तो अवस्था मा ‘अर्जेन्टम नाइट्रिकम(Argentum Nitricum)-30 को सेवन गर्नु पर्दछ । यसले मनको डर, आशंका तथा मानसिक तनाव लाई हटाई दिन्छ । शान्त मनले परिक्षा दिन सक्छन् र परिक्षा मा राम्रो परिणाम ल्याउन सफल हुन्छन् ।
Read more/बाँकी यता >>

27 December, 2011

प्राकृतिक आहार-विहार बाट क्यान्सर को उपचार-२


डाँ. योहाना ले तयार गर्नु भएको क्यान्सर विरोधी आहार नै कष्टप्रद क्यान्सर रोग को सस्तो, सरल, सुलभ र सुरक्षित समाधान हो । आहार मा ताजा इलेक्ट्रोन युक्त एवं जैविक (जहाँ सम्म संभव हुन्छ) खाद्य पदार्थ खानु पर्दछ । यस आहार मा ताजा बनाएको सलाद र रस लाई प्राथमिकता दिइएको छ । जसले गर्दा रोगी लाई प्रशस्त ईलेक्ट्रोन्स प्राप्त हुन्छ। डाँ. योहाना ले ऐलेक्ट्रोन्स लाई धेरै महत्व दिएका छन् । आलस को तेल मा प्रशस्त इलेक्ट्रोन्स हुन्छ । साथै धेरै मात्रा मा इलेक्ट्रोन्स युक्त अन्य खाद्यान्न पनि खान सल्लाह दिएकी छिन् ।
यदी रोगी को स्थिति एकदमै खराब छ वा भोजन राम्ररी खान सक्दैन भने उसलाई आलस को तेल को एनिमा दिनु पर्दछ । यस्तो अवस्था मा रोगी लाई सामान्य भोजन का साथै केही दिन सम्म पिसेको आलस र काँचो-मेवा, अंगुर वा अन्य फल को रस दिनु पर्दछ । केही दिन पछी जब रोगी को पाचन शक्ती ठिक हुन्छ, त्यस पछी बिस्तारै सम्पूर्ण आहार दिनु पर्दछ ।
१)  बिहान एक गिलास साँवरक्राँट को रस वा एक गिलास मोही पिउने । साँवरक्राँट मा क्यान्सर बिरोधी तत्व र प्रसस्त मात्रा मा भिटामिन-सी हुन्छ र यसले पाचन शक्ती लाई बढाउँछ । साँवरक्राँट बनाउन बन्दाकोबी लाई कोरेसो गरेर मसिनो बनाउने र त्यसलाई निचोरेर रस अलग गर्ने अनी सिप्लिगान लाई अमिलो बनाए जस्तै गरी बन्दाकोबी लाई अमिलो बनाउने, यहाँ पानी को सट्टा कोबी को रस प्रयोग गर्ने । ६-७ दिन मा यो तयार हुन्छ । यसको रस र छोक्रा दुबै सेबन गर्नुपर्दछ ।
Read more/बाँकी यता >>

14 July, 2011

प्राकृतिक आहार-विहार बाट क्यान्सर को उपचार-१

 
जर्मन नागरिक डाँ. योहाना बुडविज एक होनहार वैज्ञानिक थिइन। उनले अमेरिका मा प्रकाशित “द हैण्डबुक आँफ नेचुरल हैल्थ” मा लेखेकी थिई की कृत्रिम हाइड्रोजिनेट फ्याट ( रिफाइण्ड तेल) स्वास्थ्य को लागी विष समान छ तथा स्वस्थ र निरोग शरिर को लागी अम्लिय वोसो (Fatty Acid) अति आवश्यक छ। १९३७ मा सैंट गायोर्जी ले लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन ले शरीर मा आँक्सिकरण को क्रिया लाई बढाउँछ भन्ने पत्ता लगाएका थिए र जसको लागी उसले नोवेल पुरस्कार पाएका थिए।
स्वस्थ शरीर को लागी लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन को मिश्रण अति आवश्यक छ भन्ने कुरा कति प्रभावकारी छ भनी जाँच्न को लागी डाँ. योहाना ले आलस को तेल (कोल्ड प्रेस्ड बाट निकाले को) र पनिर (जसमा प्रसस्त सल्फर युक्त प्रोटिन हुन्छ) मिसाएर क्यान्सर रोगी मानिसहरु लाई दिई परिक्षण शुरु गरिन। तिन महिना पछी तिनीहरु को रगत परिक्षण गरिन् र त्यसको परिणाम आश्चर्यजनक थियो। डा. बुडविज ले कैंसर को उपचारको लागी एउटा महत्वपूर्ण आयाम पत्ता लगाईन। रोगी मानिस को रगतमा रक्तकण (हेमोग्लोबिन) प्रशस्त बढेको थियो। क्यान्सर को रोगी उर्जावान र स्वस्थ देखिएका थिए। गाँठोहरु साना भएका थिए र कैंसर माथी विजय प्राप्त गर्दै थिए। उनले आलस को तेल र पनिर को मिश्रण बाट आश्चर्यजनक परिणाम प्राप्त गरीन्। उनले लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन ले शरीर मा आँक्सिकरण को क्रिया लाई बढाउँछ र यसले हाम्रो शरीर लाई स्वस्थ राख्न मद्दत गर्दछ भन्ने वारेमा सिद्ध गरिन्। बिभिन्न रसायन मिश्रणबाट तयार गरिएको ट्रांसफ्याट युक्त कृत्रिम हाइड्रोजिनेटेड तेल (रिफाईण्ड तेल) हाम्रो स्वास्थ को लागी धेरै घातक छ। बजारमा उपलब्ध सबै प्याकेट बन्द खाद्य पदार्थहरु यिनै घातक रिफाईण्ड तेलबाट बनाएका हुन्छन्।
Read more/बाँकी यता >>

17 March, 2011

आलस: एक चमत्कारि आरोग्यवर्द्धक भोजन

आलस को नाम प्राय: सबैले सुनेकै हो, तर यसको गुणहरु कति छन् भन्ने बारे धेरै कम मानिस लाई थाहा होला। यसै विषयमा ‘निरोगधाम, वसन्त ऋतु अंक २०१०’ मा प्रकाशित डाँ. ओ. पी. वर्मा (लण्डन) ले लेख्नु भएको लेख लाई यहाँ प्रस्तुत गर्दैछु। आशा छ, आलस को गुणहरु थाहा पाएर, यसको उपयोग गरि फाईदा लिनु हुनेछ। यसलाई अंग्रेजीमा Linseed का साथै flaxseed पनी भनिन्छ र हिन्दीमा आलसी भनिन्छ। आलस को तेल खान लाई प्रयोग गरिन्छ र साथै अचार खान लाई पनि प्रयोग गरिन्छ।
आलस को नियमित सेवनले उच्च रक्तचाप एवं हृदय रोग मा फाईदा हुन्छ। शरिरमा शक्ति र उत्साहको संचार हुन्छ। शरिर फुर्तीलो हुन्छ साथै आत्मविश्वास जागेर आउँछ। विश्व स्वास्थ्य संगठन (W.H.O.) ले आलस लाई ‘सुपर स्टार फूड’ को दर्जा दिएको छ। आयुर्वेद मा आलस लाई ‘दैविक भोजन’ भनिएको छ। आलस मा मुख्य पैष्टिक तत्व ओमेगा-३ फ्याटि एसिड, एल्फा-लिनोलेनिक एसिड, लिगनेन, प्रोटिन एवं फाइबर पाईन्छ। आलस गर्भावस्था देखि वृद्धावस्था सम्म सबैको लागि फाइदा जनक छ।
आलस मा लगभग १८% ओमेगा-३ फ्याटि एसिड ALA हुन्छ। आलस, पृथ्वी मा ओमेगा-३ फ्याटि एसिड को सबै भन्दा ठुलो प्राकृतिक स्रोत हो । हाम्रो स्वास्थ्य मा आलस को चमत्कारी प्रभाव बारे जान्नको लागी हामीले ओमेगा-३ र ओमेगा-६ फ्याटि एसिड को बारे मा जान्न आवश्यक छ।
Read more/बाँकी यता >>

नव मास चिकित्सा

आयुर्वेदमा नवमास चिकित्सा को विधि-विधान दिइएको छ। यस चिकित्सा अन्तर्गत गर्भकाल को सुरू देखी प्रसव हुने समय सम्म प्रति-महिना केहि औषधिहरु र आहार पदार्थ को ब्यवस्था गरिएको छ। नवमास चिकित्सा को उद्देश्य, गर्भवति स्त्री तथा बच्चा लाई नौ महिना सम्म कुनै रोगले ग्रस्त गर्न नसकोस र उसको तथा गर्भस्थ बच्चाको स्वास्थ्य राम्रो रहोस, शरिरको सम्पुर्ण विकास होस र गर्भवति स्त्री, प्रसुतिको लागि शारिरिक रुपमा सक्षम रहोस भन्ने हो।
पहिलो महिना- गर्भकालको पहिलो महिना गर्भाधान गरेको दिन देखी नै शुरू हुन्छ। तसर्थ, सोहि दिन देखी नै पहिलो महिना को उपचार सुरु गर्नु पर्दछ। यदि नियमित समयमा मासिक-श्राव नभएमा पहिलो महिना समाप्त भएको मानि दोस्रो महिना को उपचार सुरु गर्नु पर्दछ।१-१ चम्मच नौनि र मिश्रि, ४ दाना जति मरिचको धुलो मिलाएर खाने। त्यसको साथमा २-३ टुक्रा काँचो नरिवल खाने। अन्तमा १-२ चम्मच(५-१० ग्राम) सौंफ खूब चपाएर खाने। यो प्रयोगले बच्चाको शरिर हृष्टपुष्ट हुनु को साथै बच्चा गोरो पनि हुन्छ।
दोस्रो महिना:- दोस्रो महिनामा दूधमा १० ग्राम शतावरि चूर्ण र मिश्री पकाएर विहान-वेलुका खाने।
तेस्रो महिना:- यस महिनामा दूध लाई सेलाएर १ चम्मच घिउ र ३ चम्मच मह मिलाएर विहान-वेलुका खाने। यस महिना देखी 'सोम घृत'(श्री व्यास फार्मास्युटिकल्स, इन्दौर) को सेवन सुरू गर्नु पर्दछ। आफ्नो पाचन शक्ति अनुसार ५ ग्राम देखी बढाएर २० ग्राम सम्म विहान-वेलुका दूधसंग खाने। शुद्ध धिउको साथ-साथै 'सोमघृत' पनि खाने। यदि कुनै एक घिउ मात्र खाने हो भने 'सोमघृत' खानु पर्दछ। सोमघृत पाएन भने 'फलघृत' को प्रयोग गर्नु पर्दछ। सोमघृत वा फलघृत उपलब्ध नभएमा शुद्ध घिउ को प्रयोग गर्नु पर्दछ। सोमघृत को सेवन तेस्रो महिना देखी आठौं महिना सम्म गर्नु पर्दछ।सोमघृत सेवन गर्नाले प्रशन्न चित्त, स्पष्ट बोलि भएको, सुन्दर, हृष्टपुष्ट शरिर, बुद्धिमान र कुनै रोग नभएको सन्तान जन्मन्छ।

Read more/बाँकी यता >>

सोमघृत: आयुर्वेद योग

आयुर्वेद ग्रन्थ ‘भैषज्य रत्नावली’ मा ‘सोमघृत’ को विषय मा लेखिएको छ की गर्भ धारण गरेको दुई महिना पुरा भए पछी तेस्रो महिना देखी आठौं महिना पुरा भए सम्म ( छ महिना ) गर्भवती स्त्री ले ‘सोमघृत’ अवश्य सेवन गर्नु पर्दछ। पहिला १ चम्चा ( ५ ग्राम ) बाट शुरु गर्ने र बिस्तारै बढाएर ४ चम्चा ( २० ग्राम ) सम्म आफ्नो पाचन शक्ति अनुसार खाने। यसको स्वाद केही नमिठो भए पनी यसको फाईदाहरु धेरै छन्। तसर्थ नवमास चिकित्सा’ मा दिइएको निर्देशन अनुसार आठ महिना पुरा भए सम्मसोमघृत अवश्य सेवन गर्नु पर्दछ। यसको सेवन ले बुद्धिमान, निरोगी र स्पष्ट शब्द उच्चारण गर्न सक्ने सन्तान जन्मन्छ।
स्त्री र पुरुष दुबै ले यो सोमघृत सेवन गर्न योग्य छ। यदी स्त्री लाई योनि रोग तथा पुरुष लाई वीर्य दोष छ भने सोमघृत अवश्य सेवन गर्नु पर्दछ। यसले शरीर लाई निरोगी र शक्तिशाली बनाउँछ। साथै यसले हुनेवाला सन्तान लाई पनी राम्रो प्रभाव पार्दछ। भैषज्यरत्नावली को अनुसार यदी पति र पत्नी दुबै ले सोमघृत को नियमित सेवन गरेमा उत्पन्न हुनेवाला सन्तान बुद्धिहीन, जडमती, सुस्त-मस्तिस्क, हकलाउने, तोतेवोली भएको, लुलो-लंगडो वा लाटो-वहिरो हुन सक्दैन। साथै सन्तान अकाल मृत्यु को सिकार हुन सक्दैन। यसलाई विहान-वेलुका मन तातो दूध मा हालेर खानु पर्दछ।

Read more/बाँकी यता >>

Subscribe Now: google

Add to Google Reader or Homepage