14 July, 2011

प्राकृतिक आहार-विहार बाट क्यान्सर को उपचार-१

 
जर्मन नागरिक डाँ. योहाना बुडविज एक होनहार वैज्ञानिक थिइन। उनले अमेरिका मा प्रकाशित “द हैण्डबुक आँफ नेचुरल हैल्थ” मा लेखेकी थिई की कृत्रिम हाइड्रोजिनेट फ्याट ( रिफाइण्ड तेल) स्वास्थ्य को लागी विष समान छ तथा स्वस्थ र निरोग शरिर को लागी अम्लिय वोसो (Fatty Acid) अति आवश्यक छ। १९३७ मा सैंट गायोर्जी ले लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन ले शरीर मा आँक्सिकरण को क्रिया लाई बढाउँछ भन्ने पत्ता लगाएका थिए र जसको लागी उसले नोवेल पुरस्कार पाएका थिए।
स्वस्थ शरीर को लागी लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन को मिश्रण अति आवश्यक छ भन्ने कुरा कति प्रभावकारी छ भनी जाँच्न को लागी डाँ. योहाना ले आलस को तेल (कोल्ड प्रेस्ड बाट निकाले को) र पनिर (जसमा प्रसस्त सल्फर युक्त प्रोटिन हुन्छ) मिसाएर क्यान्सर रोगी मानिसहरु लाई दिई परिक्षण शुरु गरिन। तिन महिना पछी तिनीहरु को रगत परिक्षण गरिन् र त्यसको परिणाम आश्चर्यजनक थियो। डा. बुडविज ले कैंसर को उपचारको लागी एउटा महत्वपूर्ण आयाम पत्ता लगाईन। रोगी मानिस को रगतमा रक्तकण (हेमोग्लोबिन) प्रशस्त बढेको थियो। क्यान्सर को रोगी उर्जावान र स्वस्थ देखिएका थिए। गाँठोहरु साना भएका थिए र कैंसर माथी विजय प्राप्त गर्दै थिए। उनले आलस को तेल र पनिर को मिश्रण बाट आश्चर्यजनक परिणाम प्राप्त गरीन्। उनले लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन ले शरीर मा आँक्सिकरण को क्रिया लाई बढाउँछ र यसले हाम्रो शरीर लाई स्वस्थ राख्न मद्दत गर्दछ भन्ने वारेमा सिद्ध गरिन्। बिभिन्न रसायन मिश्रणबाट तयार गरिएको ट्रांसफ्याट युक्त कृत्रिम हाइड्रोजिनेटेड तेल (रिफाईण्ड तेल) हाम्रो स्वास्थ को लागी धेरै घातक छ। बजारमा उपलब्ध सबै प्याकेट बन्द खाद्य पदार्थहरु यिनै घातक रिफाईण्ड तेलबाट बनाएका हुन्छन्।

डाँ. बुडविज को खोज को बारेमा जानकारी भए पछी सबैले आलसको तेलको बारेमा अनुसन्धान गर्न थाले। आलसको तेल लिनोलेनिक र लिनोलिक एसिड को सर्बोत्तम श्रोत हो। पोल्याण्ड को वैज्ञानिक ले आफ्नो अनुसंन्धानमा आलसको तेल खानाले हृदयाघात कम भएको पाए र आलस को तेलमा रगतलाई पातलो पार्ने, कोलेस्ट्रोल कम गर्ने र क्यान्सर विरोधी गुणहरु पाए। अस्ट्रेलियाको अनुसन्धानकर्ता ले जनावर लाई आलसको तेल खुवाउँदा रक्तचाप कम भएको पाए। सबै भन्दा महत्वपूर्ण कुरो चांही आलसको तेलले क्यान्सर रोग ग्रस्त कोशिका को बृद्धीमा कमी आएको पत्ता लगाए।
डा. योहाना ले रोगी मानिसमा लिनोलेनिक एसिड को मात्रा धेरै कम र स्वस्थ मानिसमा लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन को मात्रा प्रशस्त भएको पत्ता लगाएकी थिइन् ।  लिनोलेनिक एसिड र सल्फर युक्त प्रोटिन को अभावमा हेमोग्लोविन को निर्माण हुन सक्दैन, जसको फलस्वरुप शरीरमा अक्सिजन को अभाव हुन्छ र मानिस अस्वस्थ हुन्छन्। उनले दश बर्ष सम्म आलस को तेल र पनिर बाट क्यान्सर र अन्य गम्भिर विमारीहरुको सफलता पुर्वक उपचार गरिन् ,जसमा उनलाई ९० प्रतिसत सफलता मिल्यो । आलस को तेल खाने तरिका:- आलसको तेल ४५ एम.एल., ताजा पनिर ९० एम.एल. र फलफुलको मिश्रण लाई मिक्सचर मा राखी केहीबेर फिटनु पर्छ। जसमा तेल र पनिर क्रिम जस्तो हुनु पर्दछ। तेल र पनिर अलग देखिनु हुन्न। यदी पनिर र तेल फिटिएन भने थोरै दूध मिसाएर फिटनु पर्दछ र त्यस मिश्रण मा आलस को धुलो २ ठुलो चम्चा मिसाएर खानु पर्दछ।
दुर्भाग्यबस, हाम्रो भोजनमा ओमेगा-६ वर्गका वोसो (Fat) को मात्रा अत्यधिक छ। यसमा हाइड्रोजिनेटेड फ्याट (रिफाईण्ड तेल) को मात्रा धेरै छ। यो प्लास्टिक तथा मृत वोसो हो । यो हाम्रो स्वास्थको लागी विष (स्लो पोइजन) समान छ तथा शरीर को पाचन-प्रकृया मा यसको कुनै जिव-रसायनीक भुमिका हुँदैन ।
हाम्रो शरिरले आवश्यक अम्लिय वोसो (फ्याटी एसिड) को कमीलाई आपुर्ती गर्ने कोशिश गर्दछ। तर, यदि लामो समय सम्म पनी अम्लिय वोसो को परिपुर्ती नभएमा शरिरमा फ्याटी डिजरेशन (क्यान्सर/हृदय रोग) हुन्छ। त्यसैले शरिर लाई आवश्यक अम्लिय वोसो को कमी लाई परिपुर्ती गर्न आलस को तेल प्रयोग गर्न उत्तम हुन्छ। किनकी आलस नै लिनोलेनिक र लिनोलिक एसिडको सर्वोत्तम श्रोत हो। अनुसंधानकर्ताहरु ले आलसको तेल लाई नै बचाव र उपचार को लागी आदर्श श्रोत मानेका छन्।


अल्फा लिनोलेनिक एसिड (Alpha Linolenic Acid) को केही मुख्य कार्यहरु:-

१) उर्जा:- फ्याटी एसिड ले शरिर लाइ उर्जा, शक्ती र उत्साह प्रदान गर्दछ। यो शारीरिक र मानसिक विकास तथा चैतन्यता को लागी आवश्यक छ।
२) हृदयरोग:- यसले रगत लाई पातलो बनाई राख्छ र जम्न (Clotted) दिदैंन। धमनिलाई सफा राख्दछ र हृदयघात बाट बचाउँछ। रक्तचाप लाई नियन्त्रित राख्दछ। यसले खराब कोलेस्ट्रोल (LDL) कम गर्दछ र राम्रो कोलेस्ट्रोल (HDL) लाई बढाउँछ। यो हृदयपेशी को लागी उर्जा को प्रमुख श्रोत हो। यसले स्टीरोयड र अन्य हार्मोन्स को निर्माण गर्दछ साथै त्यसलाई गन्तब्य स्थान सम्म पुर्याउन सहयोग पनि गर्दछ।
३) छाला/केश:- आलसले छाला लाई आकर्षक, चमकिलो, नरम, बेदाग र गोरो बनाई राख्दछ। आलसले छालाको रोगहरु डण्डिफोर, एक्जिमा, दाद, छाला फुस्रो हुनु आदी समस्याहरु मा फाईदा गर्दछ। यसले केशलाई पोषण दिन्छ र केशलाई स्वस्थ, चम्किलो र बलियो बनाई राख्दछ। आलसले केश सुख्खा हुनु, पातलो हुनु, चायाँ पर्नु, केश झर्नु, हाँगा फाटनु आदी समस्याहरु मा पनि फाईदा पुर्याउँछ । आलसको सेवन ले हामीलाई युवा बनाई राख्दछ।
४) प्रजनन् तंत्र:- आलसको सेवन ले गर्भपात, नपुंसकता, वाँझोपन, शिध्रपतन, प्रोस्टेट ग्रंथिको समस्या आदी को उपचार मा महत्वपुर्ण सहयोग गर्दछ। महिलाहरु को रजोनिवृत्ती (Monopose) पछि का समस्या Hot flashes तथा हड्डी का समस्या (Ostioporosis) हरु मा ओमेगा-3 ले राहत प्रदान गर्दछ। साथै मसिक-धर्म सम्बन्धि अनियमितता लाई पनि ठिक गर्दछ।
) मधुमेह:- आलसको सेवन ले मधुमेह लाई नियन्त्रित राख्दछ र मधुमेह बाट हुने दुष्प्रभाव (side effect) को जोखिम लाई पनि कम गर्दछ। यसले हाम्रो शरीर को आधारभूत पाचनकृया लाई बढाउँछ र शरिर को तौल घटाउन मा पनि सहयोग गर्दछ ।
६) मस्तिष्क:- मष्तिष्क को संरचना तथा नाडी को बिभिन्न कार्यहरु सुचारु राख्न फोस्फोलिपिड को आवश्यकता पर्दछ, यो फोस्फोलिपिड ओमेगा-3 बाट बन्दछ । यसले मनलाई शान्त राख्दछ, मन लाई प्रफुल्लित राख्दछ, राम्रो विचार फुर्दछ, मानसिक तनाब कम गर्दछ तथा क्रोध लाई शान्त राख्दछ। आलसको सेवन ले मन र शरीर मा अलौकिक शक्ती र उर्जाको प्रवाह हुन्छ। यसले नाडी को सुचना प्रवाहमा वृद्धि गर्दछ। त्यसैले वृद्ध अवस्थामा हुने बिर्सने रोग अल्जाइमर , शिजोफ्रेनिया, पार्किन्सन्स, डायवीटिक न्युरोपेथी तथा मल्टीपल स्क्लिरोशिश आदी को उपचार मा आलस अति लाभदायक छ । यसले मष्तिष्क लाई उर्जा प्रदान गर्दछ। आलसको सेवन ले आँखा को दृष्टी शक्ती बढ्दछ, उज्यालो र स्पष्ट देखिन थाल्दछ। यदी चश्मा लगाएको छ भने पनी चश्मा छुटन सक्छ। आलसले शरीर को थकान लाई मेटाई दिन्छ।
) क्यान्सर:- आलसको सेवन ले शरीर को रक्षा-प्रणाली लाई कुनै हानि नपुर्याई क्यान्सर ग्रस्त कोशिकाहरु लाई नष्ट गर्दछ। यसले क्यान्सर को गाँठो लाई सुकाउँदै लान्छ।
८) रक्षा प्रणाली:- आवश्यक फ्याटी एसिड ले शरीर को रक्षा-प्रणाली लाई सुदृढ गरी बाहिरी संक्रमण तथा आघात संग लडन मद्दत गर्दछ। फ्याटी एसिड बिना जिवन को कल्पना गर्न पनि सकिंदैन र यसको अभावमा हाम्रो शरीर कमजोर हुन जान्छ र बिभिन्न रोगहरु ले आक्रमण गर्दछ। आलसले वृक्क (Kidny) र पित्त थैली को पत्थरी लाई पनि गलाइदिन्छ।
) प्रदाह नासक:- आलसले आर्थ्राईटिस, साईटिका, गाउट (वाथ), ओस्टियो आर्थ्राईटिस आदी रोगहरु मा पनि फाईदा गर्दछ।
         
             यहाँ आँक्सिकरण लाई महत्व दिईएको छ । जसले गर्दा क्यान्सर तथा अन्य गम्भिर रोगहरु निको पार्न सकिन्छ। अर्थात, आँक्सिजन नै हाम्रो प्राणवायु हो। हाम्रो शरीर मा आँक्सिजन को अभाव भएमा हाम्रो शरीर को कोषहरु कमजोर हुन जान्छ। जसले गर्दा हाम्रो रोग-प्रतिरोध शक्ती कमजोर हुन्छ र बिभिन्न रोगहरु ले आक्रमण गर्दछ। तसर्थ हामी ले स्वस्थ र निरोग रहन को लागी नियमित रुपमा पौष्टिक आहार खानु का साथै योग तथा प्राणायम गर्न आवस्यक छ। प्राणायम ले शरीर मा प्रशस्त आँक्सिजन परिपुर्ती गर्दछ।
                                                                                                             
                                                                                                                     मुख्य लेख: डाँ. ओ. पी. वर्मा

1 comment:

Subscribe Now: google

Add to Google Reader or Homepage