16 February, 2015

रूद्राक्ष को उपयोग

बिभिन्न प्रयोजन को लागी रुद्राक्ष को प्रयोग :-
 धर्म, अर्थ, काम तथा मोक्ष मानव जिवन को मुख्य लक्ष्य हुन्।हरेक ब्यक्ती यिनै लक्ष्य प्राप्ती को लागी हर संभव प्रयास गर्छन।लक्ष्य प्राप्ती को लागी शास्त्रमा विभिन्न उपाय हरु उल्लेख गरेको पाईन्छ। जसमा रुद्राक्ष को स्थान उच्च छ। रुद्राक्ष भगवान शिव को अंश हो। शिव संहारक हुन् साथै कल्याणकारी पनी। रुद्राक्ष मा शिव को कल्याणकारी रुप समाहित छन्। त्यसैले रुद्राक्षमा कष्टबाट मुक्ती दिलाउने सामर्थ्य छ। रुद्राक्ष धारण गर्नाले शारिरीक तथा मानसिक रोग बाट मुक्ती मिल्दछ। त्यसका साथै विभिन्न रुद्राक्ष विभिन्न कार्य संपादन तथा लक्ष्य प्राप्ती को लागी सहायक पनि हुन्छ।
# विद्या प्राप्ती को लागी रुद्राक्ष धारण :- विद्या प्राप्ती को सफलता को लागी ३, ४ एवं ६ मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। ३ मुखी रुद्राक्ष साक्षात अग्निदेव को स्वरुप हो। यसको शासक मंगल ग्रह हो। यसको धारण ले अनेक विद्याहरु को प्राप्ती संभव हुन्छ। यसको धारण ले मंदबुद्धी बालक को पनि बुद्धी बिकाश हुन्छ।  
    ४ मुखी रुद्राक्ष ब्रम्हा को स्वरुप हो। यस को शासक बुध हो। यस को धारण ले जातक को बुद्धी बिकाश हुन्छ, स्नायु एवं मानसिक रोग बाट मुक्ती मिल्छ। मन मा सात्विक विचार उत्पन्न हुन्छ।त्यसैले बिद्या प्राप्ती मा सहायक हुन्छ।
    ६ मुखी रुद्राक्ष को देवता कार्तिकेय हुन्। यसले संकल्प शक्ती, आत्म विश्वास, वाक् पटुता एवं ज्ञान शक्ती प्रदान गर्दछ। यसको शासक शुक्र ग्रह हो।गणेश रुद्राक्ष पनि विद्या प्राप्ती मा सहायक हुन्छ। गणेश रुद्राक्ष धारण गर्नाले पढाई मा मन लाग्छ तथा बुद्धी कुशाग्र हुन्छ।   
# धन प्राप्ती, नोकरी एवं ब्यवसाय मा सफलता :- सात मुखी रुद्राक्ष धन प्राप्ती एवं ब्यवसाय बृद्धी को लागी विशेष सहायक मानिन्छ। यसको देवता सप्त ऋषि हुन्। बृष, कन्या तथा कुंभ राशी एवं लग्न को जातक को लागी यो रुद्राक्ष अत्यन्त लाभप्रद छ।यसको अतिरीक्त बाह्र मुखी रुद्राक्ष ले नोकरी मा आउने सबै समस्याहरु को समाधान गर्दछ। यो रुद्राक्ष धारण गर्ना ले दरिद्रता को नाश हुन्छ। प्रशासनिक अधिकारी को लागी यो रुद्राक्ष अत्यन्त लाभप्रद छ।
# दाम्पत्य सु:ख मा बृद्धी :- दुई मुखी रुद्राक्ष धारण गर्नाले विवाह योग्य युवा तथा युवती को विवाह चाँडै हुन्छ। यो अर्धनारिश्वर को रुप हो। यसको धारण गर्नाले दाम्पत्य जिवन सु:खमय हुन्छ। साथै मानसिक शान्ती पनि प्राप्त हुन्छ।
     दाम्पत्य जिवन सु:खमय बनाउन को लागी गौरी-शंकर रुद्राक्ष पनि सहायक हुन्छ। यसको धारण गर्नाले पति-पत्नी विच को प्रेम प्रगाढ हुन्छ तथा परिवार मा सु:ख शान्ती रहन्छ।
# उत्तम सन्तान को प्राप्ती :- सन्तान प्राप्ती मा आउने बिघ्न-बाधा को समाधान को लागी पति ले छ मुखी रुद्राक्ष र पत्नी ले एघार मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। गौरी-गणेश रुद्राक्ष धारण गर्नाले पुत्र संतान प्राप्त हुन्छ र संतान को सबै प्रकार को कष्ट को निवारण हुन्छ।
# उन्नती एवं मान-सम्मान को प्राप्ती :- उन्नती तथा प्रगती को लागी नौं मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। यसको देवी भगवती दुर्गा हुन्।यसको धारण गर्नाले साहस एवं कर्मठता बृद्धी हुन्छ।यो रुद्राक्ष गला वा देब्रे हात मा धारण गर्नु पर्दछ। यसले जातक को कुन्डली को नवम् भाव बली हुन्छ, जसले गर्दा भाग्यले सधैं साथ दिन्छ।      
# बिघ्न-बाधा एवं अन्य कष्ट बाट मुक्ती :- मुद्दा मामला मा सफलता तथा दुर्घटना एवं शत्रु बाट रक्षा को लागी आठ मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। विघ्नहर्ता श्री गणेश यसको देवता हुन्। यो रुद्राक्ष धारण गर्नाले सबै प्रकार को कष्ट र बाधाहरु बाट मुक्ती मिल्दछ।
     यदी भाग्य ले साथ दिएको छैन भने दश मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। यो रुद्राक्ष भगवान विष्णु को स्वरुप हो। त्रिजुटी (ज्वाला) रुद्राक्ष ले पनि सबै प्रकार को कष्ट निवारण गर्दछ।    
# स्वास्थ्य प्राप्ती को लागी :- प्रत्येक मानिस चाहन्छ की उसको स्वास्थ्य निरोगी एवं बलवान होस। स्वास्थ्य को अनुकुलता को लागी चौध मुखी रुद्राक्ष धारण गर्नु पर्दछ। यो रुद्राक्ष हनुमान जी को स्वरुप हो। यसको धारण गर्नाले रोग बाट मुक्ती मिल्दछ एवं आरोग्य प्राप्ती हुन्छ। यसले शनि एवं मंगल को अशुभ प्रभाव बाट पनि रक्षा गर्दछ।
       तिन मुखी रुद्राक्ष हृदय सम्बन्धी रोगबाट मुक्ती को लागी, एक मुखी रुद्राक्ष मानसिक तनाव एवं श्वास कष्ट को लागी, दुई एवं चार मुखी रुद्राक्ष लिवर रोग को लागी, पाँच मुखी रुद्राक्ष वात तथा असाध्य रोग बाट मुक्ती को लागी,  सात तथा नौं मुखी रुद्राक्ष शनि दोष बाट उत्पन्न रोग बाट मुक्ती को लागी र आठ मुखी रुद्राक्ष आकस्मिक दुर्घटना बाट बचाव को लागी धारण गर्नु पर्दछ।
# मानसिक शान्ती एवं आध्यात्मीक उन्नती को लागी :- पन्द्रह मुखी रुद्राक्ष पुर्णिमा को दिन धारण गर्नाले मानसिक तनाव बाट मुक्ती मिल्दछ, मनोकामना पूर्ण हुन्छ एवं मनोबल बृद्धी हुन्छ। यो रुद्राक्ष भगवान पशुपतिनाथ को स्वरुप हो। एकाग्रता मा पनि यो रुद्राक्ष सहायक हुन्छ। बाह्र र चौध मुखी रुद्राक्ष आध्यात्मीक उन्नती को लागी धारण गर्नु पर्दछ।  
# धारण विधी :- रुद्राक्ष शुभ मुहुर्त मा धारण गर्नु पर्दछ। यसको लागी सोमबार उत्तम हुन्छ। विहिबार, अक्षय तृतिया एवं शिवरात्री को अवसर मा पनि रुद्राक्ष धारण गर्न सकिन्छ। रुद्राक्ष यथा संभव स्वर्ण वा चाँदी मा मढेर वा रातो धागो मा धारण गर्नु पर्दछ। बिहान स्नान आदी पछी रुद्राक्ष लाई गंगा जल ले स्नान गराएर शिव लिङ्ग मा स्पर्स गराई काँचो दूध चढाउने र चंदन, फुल, धूप-दिप ले पूजा गर्ने र त्यस पछी रुद्राक्ष को मुख अनुसार १०८ पटक बीज मन्त्र उच्चारण गर्ने अथवा “ॐ नम: शिवाय” को एक माला लप गरेर पुर्व वा उत्तर मुख गरी श्रद्धा पुर्वक धारण गर्ने।

    श्रावण संक्रान्ती, माघे संक्रान्ती, औंसी, पुर्णीमा एवं पूर्णा तिथी (पंचमी, दशमी र पुर्णीमा) को दिन रुद्राक्ष धारण गर्नाले सबै पाप नाश भएर जान्छ एवं मनोकामना पुर्ण हुन्छ। शुक्ल पक्ष वा पुर्णिमा को दिन रुद्राक्ष धारण गरेमा ऐश्वर्य एवं सु:ख शान्ती प्राप्त हुन्छ। कृष्ण पक्ष वा औंसी को दिन रुद्राक्ष धारण गरेमा आध्यात्मिक उन्नति एवं वैराग्य उत्पन्न हुन्छ। रुद्राक्ष धारण गरेर श्मशान घाट वा कुनै अंत्येष्टि कार्यमा जान हुँदैन, प्रसुती गृह मा जान हुँदैन र स्त्री ले मासिक धर्मको समय मा धारण गर्न हुँदैन।

No comments:

Post a Comment

Subscribe Now: google

Add to Google Reader or Homepage