17 March, 2011

सोमघृत: आयुर्वेद योग

आयुर्वेद ग्रन्थ ‘भैषज्य रत्नावली’ मा ‘सोमघृत’ को विषय मा लेखिएको छ की गर्भ धारण गरेको दुई महिना पुरा भए पछी तेस्रो महिना देखी आठौं महिना पुरा भए सम्म ( छ महिना ) गर्भवती स्त्री ले ‘सोमघृत’ अवश्य सेवन गर्नु पर्दछ। पहिला १ चम्चा ( ५ ग्राम ) बाट शुरु गर्ने र बिस्तारै बढाएर ४ चम्चा ( २० ग्राम ) सम्म आफ्नो पाचन शक्ति अनुसार खाने। यसको स्वाद केही नमिठो भए पनी यसको फाईदाहरु धेरै छन्। तसर्थ नवमास चिकित्सा’ मा दिइएको निर्देशन अनुसार आठ महिना पुरा भए सम्मसोमघृत अवश्य सेवन गर्नु पर्दछ। यसको सेवन ले बुद्धिमान, निरोगी र स्पष्ट शब्द उच्चारण गर्न सक्ने सन्तान जन्मन्छ।
स्त्री र पुरुष दुबै ले यो सोमघृत सेवन गर्न योग्य छ। यदी स्त्री लाई योनि रोग तथा पुरुष लाई वीर्य दोष छ भने सोमघृत अवश्य सेवन गर्नु पर्दछ। यसले शरीर लाई निरोगी र शक्तिशाली बनाउँछ। साथै यसले हुनेवाला सन्तान लाई पनी राम्रो प्रभाव पार्दछ। भैषज्यरत्नावली को अनुसार यदी पति र पत्नी दुबै ले सोमघृत को नियमित सेवन गरेमा उत्पन्न हुनेवाला सन्तान बुद्धिहीन, जडमती, सुस्त-मस्तिस्क, हकलाउने, तोतेवोली भएको, लुलो-लंगडो वा लाटो-वहिरो हुन सक्दैन। साथै सन्तान अकाल मृत्यु को सिकार हुन सक्दैन। यसलाई विहान-वेलुका मन तातो दूध मा हालेर खानु पर्दछ।


गर्भवती स्त्री ले विधिवत सोमघृत को सेवन गरेमा यसले गर्भ काल मा हुने विभिन्न समस्या हरु बाट रक्षा गर्दछ र साथै गर्भपात हुन बाट पनी रक्षा गर्दछ। यसको सेवन ले गोरो वर्ण को, स्वस्थ, हृष्टपुष्ट शरीर भएको सन्तान जन्मन्छ। तसर्थ गर्भवती स्त्री ले सोमघृत अवश्य खानु पर्दछ। यो औषधी ‘ब्यास फर्मास्युटिकल’ इन्दौर (भारत) ले उत्पादन गर्दछ। हाल यो औषधी नेपाल को बजार मा उपलब्ध छैन।
साभार:- निरोगधाम

No comments:

Post a Comment

Subscribe Now: google

Add to Google Reader or Homepage