27 December, 2011

प्राकृतिक आहार-विहार बाट क्यान्सर को उपचार-२


डाँ. योहाना ले तयार गर्नु भएको क्यान्सर विरोधी आहार नै कष्टप्रद क्यान्सर रोग को सस्तो, सरल, सुलभ र सुरक्षित समाधान हो । आहार मा ताजा इलेक्ट्रोन युक्त एवं जैविक (जहाँ सम्म संभव हुन्छ) खाद्य पदार्थ खानु पर्दछ । यस आहार मा ताजा बनाएको सलाद र रस लाई प्राथमिकता दिइएको छ । जसले गर्दा रोगी लाई प्रशस्त ईलेक्ट्रोन्स प्राप्त हुन्छ। डाँ. योहाना ले ऐलेक्ट्रोन्स लाई धेरै महत्व दिएका छन् । आलस को तेल मा प्रशस्त इलेक्ट्रोन्स हुन्छ । साथै धेरै मात्रा मा इलेक्ट्रोन्स युक्त अन्य खाद्यान्न पनि खान सल्लाह दिएकी छिन् ।
यदी रोगी को स्थिति एकदमै खराब छ वा भोजन राम्ररी खान सक्दैन भने उसलाई आलस को तेल को एनिमा दिनु पर्दछ । यस्तो अवस्था मा रोगी लाई सामान्य भोजन का साथै केही दिन सम्म पिसेको आलस र काँचो-मेवा, अंगुर वा अन्य फल को रस दिनु पर्दछ । केही दिन पछी जब रोगी को पाचन शक्ती ठिक हुन्छ, त्यस पछी बिस्तारै सम्पूर्ण आहार दिनु पर्दछ ।
१)  बिहान एक गिलास साँवरक्राँट को रस वा एक गिलास मोही पिउने । साँवरक्राँट मा क्यान्सर बिरोधी तत्व र प्रसस्त मात्रा मा भिटामिन-सी हुन्छ र यसले पाचन शक्ती लाई बढाउँछ । साँवरक्राँट बनाउन बन्दाकोबी लाई कोरेसो गरेर मसिनो बनाउने र त्यसलाई निचोरेर रस अलग गर्ने अनी सिप्लिगान लाई अमिलो बनाए जस्तै गरी बन्दाकोबी लाई अमिलो बनाउने, यहाँ पानी को सट्टा कोबी को रस प्रयोग गर्ने । ६-७ दिन मा यो तयार हुन्छ । यसको रस र छोक्रा दुबै सेबन गर्नुपर्दछ ।
 २)  लोकल गाई को गहुँत (गो मूत्र) ५० देखी १०० एम.एल. सम्म बिहान-बेलुका खाने गरेमा क्यान्सर लाई पराजित गर्न सकिन्छ । बिहानको पहिलो खेप को गहुँत को शुरु र अन्त्य को भाग छोडेर बिच को भाग मात्र थाप्ने र त्यसलाई झुना को ८-पत्र कपडा मा छानेर पिउनु पर्दछ । बेलुका को लागी पनी सम्भव भए सम्म ताजा गहुँत लिनु पर्दछ । यदी जंगल चरन मा गएको तथा कालो गाई भएमा उत्तम हुन्छ । तर जर्सि गाई को गहुँत ले कुनै फाइदा गर्दैन । यदी गाई को गहुँत नभएमा दिब्य फार्मेसी (रामदेव बाबा) को 'गोधन अर्क' सेबन गर्न सकिन्छ।
३)  बिहान र बेलुका को नास्ता भन्दा आधा घण्टा अगाडी चिनी नराखी तातो हर्बल चिया वा ग्रीन टी खाने ।  त्यस पछी आलस को तेल र पनीर वा दही बाट बनाएको  पनिर को मिश्रण खाने । पनिर बनाउन गाई वा बाख्रा को दूध उत्तम हुन्छ । यस लाई बनाएर तुरुन्त ताजा-ताजा खानु पर्दछ ।  बनाउने तरिका: आलस को तेल ४५ एम.एल. र ताजा पनिर ९० एम.एल. लाई मिक्सर मा राखी फिट्नु पर्दछ । मिश्रण क्रिम जस्तो हुनु पर्दछ। तेल र पनिर अलग देखिनु हुन्न। यदी पनिर र तेल फिटिएन भने थोरै दूध मिसाएर फिटनु पर्दछ र त्यस मिश्रण मा आलस को धुलो दुई ठुलो चम्चा मिसाएर खानु पर्दछ। मिश्रण बाक्लो भएमा फलफुल को रस वा थोरै दुध वा पनिर बनाउँदा निकलेको पानी मिसाउनु सकिन्छ । यो पानी क्यान्सर नाशक हुन्छ ।
     यसमा जामुन, अंगुर, रसबेरी, स्ट्राबेरी फलहरु पनी मिलाउन सकिन्छ । अथवा किसमिस, खुबानी (Apricot), काजी बदाम, छोकरा आदी सुख्खा फलहरु पनी मिसाएर खान सकिन्छ । सुख्खा फलहरुमा सल्फर युक्त प्रोटिन तथा भिटामिनहरु हुन्छन् ।  बदाम ( Peanut ) खान मनाही छ । गहुँ मा ग्लुटेन हुन्छ र यो पच्न मा भारी हुन्छ, त्यसैले गहुँ को प्रयोग थोरै मात्रा मा गर्नु पर्दछ ।  स्वादको लागी दालचिनी, मह, कागती को रस , सुख्खा नरिवल को टुक्रा आदी हाल्न सकिन्छ ।       
      एण्टी आँक्सिडेण्ट ले शरिर लाई रोगमुक्त राख्दछ । यो पोषक तत्व प्राकृतिक रुप मा फल तथा हरियो सब्जीहरु मा पाईन्छ । खुबानी(खुर्पानी), आडुबखरा, आडुचा र स्याउ को बिँया, आँप, सुन्तला, मेवा, अंगुर, रसबेरी, स्ट्राँबेरी, अम्बक, तरबुजा, सुख्खा फलहरू: (काजी बदाम, काजु, किसमिस, अंजिर, छोकडा, कटुस आदी), गाँजर, लौका, खोर्सानी, पालुङ्गो, टमाटर, सखरखंण्ड, बन्दाकोबी, फुलकोबी, ब्रोकाउली, लसुन, प्याज तथा आलस मा धेरै मात्रा मा एण्टी आँक्सिडेण्ट पाईन्छ । यो क्यान्सर नाशक हुन्छ । क्यान्सर बिरोधी आहार मा कटुस, ज्वार, कोदो, वाजरा, तिल, काजी बदाम, आलस लाई  पनी उत्तम आहार मानिन्छ । गाँजर, मुला, लौका, चुकंदर को ताजा रस नियमित सेवन गर्नु पर्दछ । यसले यकृत(Liver) लाई तागत दिन्छ र यो अत्यन्त क्यान्सर नाशक हुन्छ ।     
४)   दिन को २ पटक हरियो सब्जी: चुकंदर, गाजर, शलगम, मुला, बन्दा कोबी, ब्रो-काउली, शतावरी (कुरिलो) आदी को सलाद बनाएर खाने । साथै सलाद मा लशुन, प्याज, अदुवा, आलस को तेल पनि लगाउनु पर्दछ । लशुन प्राकृतिक शक्तिशाली एण्टी-बायोटिक हो । लशुन प्रशस्त मात्रा मा खानु पर्दछ । प्याज ले रक्त-संचार बृद्धी गर्दछ र आँक्सिकरण मा सहयोग गर्दछ । अदुवा ले पाचन शक्ती बढाउँछ ।
५)  दिन को १ पटक काँचो मेवा को रस १ चिया गिलास अवश्य पिउनु पर्दछ । यसले पाचन शक्ती बढाऊँछ । साथै यसमा एण्टी आँक्सिडेण्ट धेरै मात्रा मा पाईन्छ । स्वाद को लागी कागती को रस वा फलफुल को रस मिसाउन सकिन्छ ।
६)  दिन भरी मा ८-९ वटा  खुबानी (Apricot) वा आरुबखरा (Peach) वा आरुचा को बिँया अवश्य खानु पर्दछ । यसमा भिटामिन बी-१७ हुन्छ, जसले क्यान्सर कोशिका लाई नष्ट गर्दछ । खुबानी लाई नेपालीमा खुर्पानी पनी भनिन्छ । खुबानी, आडुबखरा (Peach), आडुचा तथा स्याउ को बिँया एवं काजी बदाम भिटामिन बी-१७ को मुख्य स्रोत हो । काजु, नाशपाती को बिँया, तिल, आलस, ओखर, कटुस, काबुली चना, कोदो, जामुन, स्ट्राँबेरी, खैरो चामल (पोलिस नगरेको चामल), चेरी, अंकुरित मूंग, गहुँको जमरा आदी मा पनी भिटामिन बी-१७ पाइन्छ ।  
७)  दिनको १ पटक १ चमच (५एम.एल.) कालो जिरा (कलौंजी) को तेल अंगुर को रस वा फलफुल को रस संग खानु लाभ दायक हुन्छ । कलौजी को तेल युनानी औषधी पसल मा पाईन्छ ।
८)  कुरिलो ( शतावरी- AsparagusResimosa) मा ग्लूटाथायोन नामक “एण्टी-आक्सिडेंन्ट” पाईन्छ, जसलाई एन्टी आक्सिडेंन्ट को राजा भनिन्छ । यो क्यान्सर नाशक हुन्छ एवं यकृत (Liver) को शोधन गर्दछ र शरीर को प्रतिरक्षा प्रणाली लाई सुदृढ बनाउछ । साथै क्यान्सर को उपचार मा कुरिलो को महत्वपूर्ण भुमिका हुन्छ । विषेश गरेर फोक्सो, छाला, स्तन, गर्भाशय तथा अंडाशय को क्यान्सर को उपचार मा महत्वपूर्ण भुमिका हुन्छ ।
    कुरिलो लाई ४-५ मिनेट पानी मा उमाल्ने र मिक्सर मा फिटेर फ्रिज मा राख्ने । बिहान बेलुका २-२ चमच खाने ।
९)   टुसा उमारेको गेडागुडीहरु: मास को दाल, मुंग को दाल,मटर, राजमा, काबुली चना, मटर आदी पकाएर खानु पर्दछ । यो सुपाच्य हुन्छ । साथै यसमा बभिन्न भिटामिन तथा मिनेरल्सहरु प्रशस्त मात्रा मा पाईन्छ । 
१०)  दैनिक आलस को तेल मालिस गरेर घाम सेक्नु अनिवार्य छ । दैनिक दस-दस मिनेट २ पटक घाम मा कपडा खोलेर सुत्नु पर्दछ । ५-५ मिनेट मा कोल्टे फेरेर सुत्नु पर्दछ । यसो गर्दा शरीर को सबै भाग मा सुर्य किरण पर्दछ । यस बाट शरीर लाई प्रशस्त इलेक्ट्रोन्स का साथै भिटामिन-डी पनि प्राप्त हुन्छ । तेल मालिस गर्नाले शरीर मा रक्त संचार बृद्धी हुन्छ र  शरीर को अंग-अंग मा रक्त प्रवाह भई आँक्सिकरण हुन्छ । फलस्वरुप, अंगहरु बलवान हुन्छ र दुषित पदार्थहरु (टाँक्सिन) बाहिर निस्किन्छ । रोगी ले सबै प्रकार को प्रदुषण बाट जोगिनु पर्दछ । जस्तै: मच्छेर मार्ने स्प्रे, मच्छेर धुप, धुवाँ, धुलो, दुषित पानी, इलेक्ट्रोनिक उपकरण ( जस्तै: CRT T.V., Computer Monitor आदी )  बाट निस्कने विकिरण बाट जोगिनु पर्दछ । रोगी ले सिन्थेटिक कपडा लगाउनु हुँदैन । सुती, ऊनी तथा रेशमी कपडाहरु मात्र प्रयोग गर्नु पर्दछ । ओछ्यान पनी कपास बाट बनेको प्रयोग गर्नु पर्दछ ।
डाँ योहाना ले तयार गर्नु भएको क्यान्सर बिरोधी आहार विहार को बारेमा बिस्तृत जानकारी को लागी यहाँ क्लिक गर्नुहोस ।
  बुडविज आहार को महत्वपूर्ण बिन्दु :-
१.       डाँ. योहाना ले कीमोथेरेपी, रेडियोथेरेपी, वनस्पती घ्यू, नौनी, घ्यू, चीनी, मिश्री, सख्खर, रिफाइण्ड तेल, भटमास तथा भटमास बाट बनेको पदार्थ, किटनाशक रसायन, प्रिजर्वेटिव, अण्डा, माछा, मासु, सिंथेटिक कपडा, मैदा तथा मैदा बाट बनेको खानेकुरा, बजार को खाना तथा प्याकेट खाना आदी पूर्ण परहेज गर्न सल्लाह दिएकी थिईन । साथै सनस्क्रीन लोसन, सन ग्लास आदी पनि प्रयोग नगर्न सल्लाह दिएकी थिईन ।
२.       यस उपचार मा ताजा, जैविक र ईलेक्ट्रोन युक्त खाद्य पदार्थ प्रयोग गर्न अति आवश्यक छ । बाँकी रहेको खाना पुन: प्रयोग गर्नु हुँदैन । ।
३.       काँचो आलस पिसेर ताजा ताजा प्रयोग गर्नु पर्दछ तथा आलसको तेल लाई प्रकाश नछिर्ने भाँडा मा हावा नपस्ने गरी बिर्को लगाएर ठण्डा ठाँऊ मा राख्नु पर्दछ । किनकी यो तेल ४२ डिग्री सेल्सियस तापक्रम मा खराब हुन्छ । यसलाई प्रकास र आँक्सिजन बाट बचाएर राख्नु पर्दछ ।
४.      दिन मा ३-४ पटक ग्रिन टि वा हर्वल टि खानु पर्दछ ।
५.      प्राणायम गर्नु निकै लाभ दायक छ । प्राणायम ले आँक्सिकरण बृद्धी गर्दछ र रोग निर्मुल गर्न सहयोग गर्दछ । साथै योग तथा हल्का ब्यायाम गर्नु निकै लाभ दायक हुन्छ ।  
६.       घर को वातावरण तनाव मुक्त, प्रेममय तथा सकारात्मक विचार राख्नु पर्दछ । रोगी प्रशन्न चित्त रहनु पर्दछ । संगित सुन्ने, खेलकुद गर्ने, हंसी खुशी रहने र क्रोध नगर्ने ।
७.       हप्ता मा २-३ पटक भाप स्नान गर्ने वा साउना वाथ लिने ।
८.       सफा तथा फिल्टर गरेको पानी पिउने ।
९.       दाँत को राम्रो रेखदेख गर्नु पर्दछ । दाँत मा संक्रमण हुन दिनुहुँदैन । 
१०.    यस उपचारमा बिस्तारै बिस्तारै  स्वास्थ लाभ हुनेछ । यदी नियम पूर्वक उपचार गरेमा सामान्यत: एक वर्ष वा कम समय मा नै क्यान्सर पूर्णरुप ले ठिक हुन्छ । रोग ठिक भएपछी पनि यो उपचार २-३ वर्ष सम्म वा आजिवन पनी लिन सकिन्छ ।                                                                                                                               

अन्त्यमा, उपरोक्त उपाय का साथै  डी. एस. रिसर्च सेण्टर, बनारस ले आविस्कार गरेको आयुर्बेदिक योग ‘ सर्वपिष्टी ’ पनि सेवन गर्न सकिन्छ । यो संस्था ले लामो समय देखी क्यान्सर रोग को बारेमा अनुसंधान गरिरहेको छ । यस संस्था को भनाई अनुसार सर्वपिष्टी को प्रयोग ले १००० भन्दा बढी बिभिन्न किसिम को क्यान्सर रोगी लाई रोग मुक्त गरिसकेको छ ।  उपचार को लागी विमारी ब्यक्ती जानु आवश्यक छैन । जाँच गरेको कागजात तथा रिपोर्ट को फोटोकपी पठाएर परामर्श लिन सकिन्छ । बिस्तृत जानकारी को लागी सम्पर्क:             
डी. एस. रिसर्च सेण्टर, 
१५४ A, लेन नं. १०,
रवीन्द्रपुरी कालोनी, वाराणशी-५
 फोन नं. ०९१ ५४२ २२७७६०९;  ०९१ ५४२ ६४५७६५१ 
फोन गर्ने समय  विहान १० देखी १ बजे सम्म र बेलुका ३ देखी  ७ बजे सम्म , 
 डाँ. सुरेश्वर त्रिपाठी, मोबाईल नं. ०९१ ९९३५०३१४३५;  ०९१ ९८७१४६९५७९ 
फ्याक्स नं.  ०९१ ५४२२२७६०९७ 
ई-मेल:  info@cancercurative.org                                                                                                                                                                                                                                                                                                                                                                               

3 comments:

  1. Sunil Dai
    Namaskar!

    Tapaiko Blog dherai ramro lagyo. Swastha sabhandhi jannai parne kuraharu rakhiyeka rahechhan. Nirantarata ko lagi SUBHAKAMANA.

    Prakash Shrestha
    Dharan-9,Sunsari

    ReplyDelete
  2. very good information thanks for it

    ReplyDelete

Subscribe Now: google

Add to Google Reader or Homepage